Trishulinews.com: News from Trishuli » भूकम्पले क्षति पुगेको विद्यालयको पुर्ननिर्माण सुस्त

३ मंसिर २०७४, आईतवार

जगदीश खनाल,
विदुर-विनासकारी भूकम्पले क्षति पु-याएका शैक्षिक सस्थाहरुको समयमा पुनर्निर्माण नहुदा शैक्षिक गुणस्तरमा सुधार गर्न नुवाकोटका धेरै विद्यालयलाई चुनौती थपिएको छ ।
भूकम्प गएको ३१ महिना बितिसक्दा समेत क्षति पुगेका कक्षाकोठाको पुर्ननिर्माण नहुदाँ अस्थायी सिकाई केन्द्रमा कक्षा सञ्चालन गर्दै आएका विद्यालयले विद्यार्थीलाई सिकाइकोस्तर बृद्धि र क्षमता अभिबृद्धि गर्न नसकेको भन्दै चिन्ता जनाउदै आएका छन् ।
विभिन्न संघसस्थाहरुसँग समन्वय गरेर विद्यालयको निर्माण भइरहेको जनाएपनि ति सबै सुगम स्थान केन्द्रित हुदाँ दूरीका रुपमा टाढा र विद्यालयले पहुँच राख्न नसक्ने विद्यालयको पुर्ननिर्माण भने अन्योल रहदै आएको छ ।
नुवाकोटका ४ सय ५३ सामुदायिक विद्यालय मध्ये करिब ४ सय विद्यालय भूकम्पले क्षति पु¥याउदा चार हजार २० कक्षाकोठा पूर्ण क्षति भएपनि त्यसको पुर्ननिर्माण आधा पनि हुन नसकेको शिक्षा अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन ईकाइले जनाएको छ ।
क्षति पुराएका विद्यालयहरु मध्ये केहिको निर्माण सम्पन्न भइसकेको, केहिको निर्माण कार्य अन्तीम चरण पुगेको छ भने केहिको प्रक्रियामा रहेको जनाएपनि जिल्लाका कतिपय विद्यालयको पुर्ननिर्माण अझै अन्योल रहदै आएको छ ।
अस्थाई टहमा अर्थात जस्तापाताले निर्माण गरेको अस्थाई कक्षाको पठनपाठन बुझाउन र बुज्न निकै समस्या भएको शिक्षक र विद्यार्थीले गुनासो गर्दै आएपनि पुर्ननिर्माणमा सम्बन्धित पक्षले बेवास्था गर्दै आएका छन् । भूकम्पले क्षति पु¥याएका विद्यालयको समयमा निर्माण नहुदा कक्षा सञ्चालनमा समस्या हुदै आएको किस्पाङ गाँउपालिका–३ काउलेमा रहेको ऐसेलुभूमे माबिका प्रधानध्यापक कृष्णबहादुर सापकोटाले गुनासो गर्नुभएको छ । बाँसको मान्द्रो र जस्तापाता प्रयोग गरी निर्माण गरेको अस्थायी टहरामा अध्ययन गराउदाँ बालबालिकामा पढाई प्रतिको रुची नै कम हुने, एक कक्षामा अध्ययन गराउदाँ त्यसको आवाज अर्को कक्षामा समेत पुग्ने, बाहिरी वातावरण प्रति आकर्षित हुने हुदाँ भवन अभावले विद्यार्थीको गुणस्तर विकासमा चुनौती थपिएको ऐसेलुभूमे माबि शिक्षक धर्मदत्त भट्टले गुनासो गर्नुभयो । शैक्षिकस्तर सुधारको लागी सामुदायिक विद्यालयको क्षमता अभिबृद्धिमा जोड दिनुपर्ने भएपनि भौतिक पूर्वाधार निर्माण समयमै नहुदाँ त्यसको प्रभाव विद्यार्थी भर्ना अभियानमा निकै कम सहभागिता र सहभागि भएका विद्यार्थीको पनि दक्षता बृद्धिमा समस्या हुदै आएको छ । अस्थाई कक्षाकोठाको पठनपाठन राम्रोसंग बुज्न पनि समस्या भएको विद्यार्थीहरुले बताउदैआएका छन् । भूकम्प पछि संगुरो र अव्यवस्थीत अस्थायी टहरामा चलाउदै आएको घरमा समेत उनीहरुले राम्रोसंग अध्ययन नगर्न नपाउने र विद्यालयको अबस्था पनि अझै पनि उस्तै रहनुले विद्यार्थीलाई नियमित अध्ययनमा केन्द्रित गराउन विद्यालयको प्रयास असफल हुदै गएको छ ।
भूकम्पले क्षति पु¥याएका भवनको पुर्ननिर्माण जिम्मा पाएको जिल्ला आयोजना कार्यान्वयन ईकाइका अनुसार जिल्लामा भएका सबै विद्यालयहरुको पुर्ननिर्माणको लागि सरकारी र गैह्रसरकारी सस्थाहरुले जिम्मा लिएको बताएपनि ऐसेलुभूमे मावि लगायतका विद्यालयको पुर्ननिर्माण अझै अन्योल रहेको छ ।
नयाँ भवन निर्माणको जिम्मा लिएका जापानी सस्था जाईका लगायतको सँस्थाले तोकिएको समयमा निर्माण पूरा नगर्दा सुरक्षित भवनमा बसेर अध्ययन गर्ने विद्यार्थीको चाहना अधुरै रहेको छ । पुर्ननिमाणको लागी विद्यालयमा खनिने खाल्डो, विद्युतीय उपकरण र निर्माण सामाग्रिको ध्वनी प्रदूषणले विद्यार्थीको अध्ययन प्रतिको मनस्थिती समेत बिगार्दै लगेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद