Trishulinews.com: News from Trishuli » सैन्य आधार तालिमको ६७ औं दलेल कवाज सम्पन्न

५ मंसिर २०७४, मंगलवार

विदुर, सैन्य तालिम केन्द्र मैथली ब्यारेक विदुरमा ६७ औँ समूहको सैन्य तालिममा सहभागीहरुको “सैन्य आधार तालिमको अन्तिम दलेल कवाज” पूरा भएसगै ३ सय ७६ जना नयाँ जनशक्ति सैन्यबाट सिपाही भएका छन् ।
सैन्यबाट सिपाही भएकालाई नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थपाले मग्लवार विदुरमा प्रमाणपत्र प्रदान गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाको लागी जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको हो ।
बलाधिकृत रथी थापाले उहाँले राष्ट्रको मेरुदण्डको रुपमा नेपाली सेना भएकाले दिएको जिम्मेवारीलाई बफादार एंव अनुशासित ढङ्गबाट पालना गर्न दिक्षित भएका सिपाहीलाई निर्देशन दिनुभएको छ ।
नेपाली सेनाका बलाधिकृत रथी थापाले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षाको जिम्मेवारी पाएको नेपाली सेनाको सङ्गठनमा नयाँ जनशक्ति भएर जिम्मेवारी बहन सुरु गर्न लागेका सिपाहीलाई अब इमान्दार र कर्तव्यनिष्ठ भएर सेवा पु¥याउन निर्देशन दिदै मनोबल बृद्धि गराउनुभएको छ ।
बलाधिकृत रथी थापाले नवनियुक्त सैनिकलाई नेपाली सेनाको मुख्य दायित्वको अतिरिक्त प्राकृतिक प्रकोप व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यवरण संरक्षण, महत्वपूर्ण संरचनाहरुको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोग सहित विश्वमा शान्ति स्थापनार्थको लागी शान्ति सैनिकको रुपमा पु¥याउदै आएको टेवामा विश्वसनीय सँस्थाको रुपमा बनाएको छवी उच्च बनाउन समेत स्मरण गराउनुभएको छ ।
उहाँले जनता र राष्ट्रिय रक्षाको लागी बलिदान दिन तथा लड्न र जित्नको लागी सपथ खाएका सिपाहीहरुको समेत भविष्य चुनौती भएपनि अवशर पनिसगै रहेकाले उच्च मनोबलको साथ सेवा पु¥याउन तालिम पूरा गरेका सिपाहीलाई सुझाव दिनुभएको छ ।
तालिममा ६३ जना महिला र ३ सय १३ जना पुरुष गरी ३ सय ७६ जना सैन्यहरु सकल दर्जाको सिपाहीको रुपमा सफल भएको सैन्य तालिम केन्द्र मैथलीका महासेनानी पुरुषोत्तम ढकालले जानकारी दिनुभएको छ ।
गत माघ देखि सुरु भएर ११ महिनासम्म चलेको सैन्य आधार तालिममा उत्कृष्ट सिपाहीमा महिलातर्फ सुष्मा कुमाल र पुरुषतर्फ अरुण सिंह बराईली चयन हुनुभएको छ । उत्कृष्ट भएका सिपाहीद्धयलाई बलाधिकृत रथी थापाले नेपालको गौरव गोर्खाली खुकुरी र प्रशंसापत्रले सम्मान गर्नुभएको थियो ।
मैथली क्याम्पले प्रदान गर्दै आएको ६७ औ समूहको सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शनमा नेपाली सेनाको ६ नंं बाहिनी अड्डा बैरनी धादिङका बाहिनीपति÷सहायकरथी सुदर्शनविक्रम राणा, श्रीनाथ गण देवीघाटका गणपति प्रमुख सेनानी रोहित गुरुङ, जिल्ला अदालत नुवाकोटका न्यायाधीश लोकजङ्ग शाह, विदुर नगरपालिकाको मेयर सञ्जु पण्डित सहित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि, व्यवसायी, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद