Trishulinews.com: News from Trishuli » निर्वाचनले पुननिर्माण प्रभावित 

१२ मंसिर २०७४, मंगलवार

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको कारण नुवाकोटमा पुर्ननिर्माण ढिलाई भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले समयसीमा तोकेर पुर्ननिर्माणलाई तिव्रता दिन दबाब दिएपनि पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणको लागी सहजिकरण गर्न गरेको वेवास्था र दशै तिहार र लगत्तै आएको निर्वाचनको कारण नुवाकोटमा पुर्ननिर्माण अभियान प्रभावित भएको छ ।
निर्वाचनको समयमा पनि पुर्ननिर्माणलाई तिव्रता दिन चाहेपनि श्रमिकको अभाव र पुर्ननिर्माण सामाग्रि अभाव मुख्य बाधक रहेको भूकम्प प्रभावितहरुले बताएका छन् । जिल्लामा नै भूकम्प प्रतिरोधी आवास पुर्ननिर्माणको लागी सुरक्षित घर बनाउन तालिमप्राप्त कालीगढको अभावले जिल्ला बाहिरबाट आएका कामदार निर्वाचनमा सहभागी हुन घर फर्कदा निर्माण भइरहेका घरलाई तोकिएको समयमा नै पूरा गर्न समस्या भएको विदुर नगरपालिका वडा नं. १० गेर्खुटारका केशव पाण्डेले गुनासो गर्नुभएको छ ।
पुर्ननिर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई आवास निर्माण सम्पन्न गर्नको लागी समयसीमा तोकेर अन्तिम मितिको रुपमा आसार मसान्तसम्प पूरा गर्नुपर्ने भने पनि जनशक्तिको अभाव र निर्माण सामाग्रि सहज रुपमा नपाउदाँ पुर्ननिर्माणको लागी प्राधिकरणले बनाएको लक्ष्य अनुसार काम सम्पन्न गर्न सक्ने अबस्था नभएको गेर्खुटारका केशव पाण्डेले बताउनुभएको छ ।
नेपाल सरकारसंगको समन्वयमा पुर्ननिर्माण प्राधिकरणले बनाएको पुर्ननिर्माण कार्यतालिका नुवाकोटमा अहिलेको गतिमा जारी रहेको पुर्ननिर्माणको अबस्थाले यही आर्थिक वर्षमा सम्पन्न गर्न निकै चुनौती रहेको छ ।
पुर्ननिर्माणले तिव्रता पाएको मध्ये नुवाकोट अग्र स्थानमा रहेपनि अहिलेसम्म ६८ हजार लाभग्राही मध्ये बल्ल १७ सय ७५ घरपरिवारले अनुदान रकम लिएर पुर्ननिर्माण गरेको जिल्ला आयोजना कार्यान्वय इकाइको तथ्याङ्क रहेको छ । भूकम्पले आवासमा क्षति पु¥याएपछि अस्थायी बासस्थानमा कष्टपूर्ण जीवन विताउदै आएका प्रभावितहरु नयाँ र सुरक्षित आवास पुर्ननिर्माण प्रति सचेत भएपनि निर्माण सामाग्रीको सहज व्यवस्था र सहुलियतमा उपलब्ध नहुदाँ पुर्ननिमाणले तिव्रता पाउन नसकेको गेर्खुटारका रामचन्द्र पाण्डेले बताउनुभयो ।
आवास निर्माणको लागी गाँउमै जनशक्ति नहुदाँ बाहिरबाट आएकाहरु बारम्बार घर गइरहने र घर बनाउन थालेपछि निर्माण सामाग्रि सहज रुपमा पाउन नसक्दा पुर्ननिर्माणको प्रगति सुस्त देखिएको उहाँले बताउनुभएको छ ।  नेपाल सरकार र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आवास पुर्ननिर्माणको लागी कार्यतालिका नै बनाएर यही आर्थिक वर्ष अर्थात असार मसान्तसम्मको समयसीमा तोकेपनि पुर्ननिर्माणमैत्री सेवा उपलब्ध नहुदाँ भूकम्प गएको ३२ महिला हुदाँ पनि पुर्ननिर्माणको अबस्था निकै निराशाजनक रहेको छ ।
प्रभावितहरु नयाँ आवास निर्मँण गर्न चाहे पनि सुरक्षित घर निर्माणको लागी धेरै रकम खर्च हुने भएकाले राज्यले दिने भनेको निब्र्याजी ऋण रकमको प्रतिक्षामा रहेका छन् । आवास निर्माणको लागी दिने भनेको तीन लाख रुपैयाँ सहयोग अनुदान प्रक्रिया समेत झण्झटिलो हुदाँ घर बनाएको लामो समयसम्म रकम नपाएको छिमेकीको पीडाले प्रभावितहरु निरुत्साहित भएका छन् ।
भूकम्पले नलड्ने घर बनउनको लागी तालिम प्राप्त दक्ष जनशक्तिको अभाव, निर्माण सामाग्रि महङ्गो मूल्यमा हुदै आएको कारोबार र माग अनुसार नपाउदाँ प्रभावितहरु नयाँ घर निर्माण गर्न नसक्दा प्राधिकरणको कार्यतालिका प्रभावित हुने निश्चित देखिएको छ ।
पुर्ननिर्माण प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुदान रकम प्राप्तीको लाभग्राही सूचीमा समावेश भएका भूकम्प पीडितले सबैभन्दा ढिलाईमा पुस मसान्तसम्मा दोश्रो किस्ता रकम लिइसक्नु पर्ने र चैतदेखि असारमसान्तसम्मा आवास पुर्ननिर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी सहितको जारी भएको कार्यतालिका पूरा हुन चुनौती रहेको पुर्ननिर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । नुवाकोटमा सम्पन्न भएको घर निर्माणको तथ्याङ्कले निकै निराशाजनक र प्रधिकरणले जारी गरेको आवास पुर्ननिर्माणको कार्यतालिका निकै महत्वकाक्षी भएकाले तोकिएको समयमा पूरा सक्ने अबस्था नभएकाले कार्यतालिका परिवर्तन गर्नुपर्ने संकेत देखिएको सचिवालयका निमित्त प्रमुख बेदप्रसाद गौडेलले बताउनुभएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद