Trishulinews.com: News from Trishuli » ट्युनिसियामा निर्वाचन प्राधीकरण अध्यक्ष चयन

३० कार्तिक २०७४, बिहीबार

ट्युनिसियाको संसदले मोहम्मद मानश्रीलाई निर्वाचनका लागि स्वतन्त्र उच्चस्तरीय प्राधीकरणको नयाँ अध्यक्षमा चयन गरेको छ ।

संसदमा मङ्गलबार भएको निर्वाचनमा ४३ वर्षीय मानश्रीको पक्षमा ११५ मत परेको जानकारी दिइएको छ ।

अहिलेको संसदमा बहुमत ल्याउनका लागि १०९ मत ल्याउनुपर्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन् ।

ट्युनिसियाको निर्वाचन गराउने निकायका प्रमुखको चयन संसदबाट गर्ने व्यवस्था रहेको छ ।

यसअघिका अध्यक्ष चाफिक सर्सारले राजीनामा दिएपछि गत मेदेखि सो पद खाली नै रहेको थियो ।

नयाँ अध्यक्ष मानश्री गत जनवरीमा प्राधीकरणको सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । उहाँ व्यवसायीक वकिल हुनुहुन्थ्यो भने उहाँका तीन जना छोराछोरी छन् ।

नवनिर्वाचित अध्यक्षलाई आउँदो नगर निर्वाचन सम्पन्न गराउने ठूलो चुनौती रहेको छ । आउँदो सन् २०१८ को मार्च २५ तारिखका दिन निर्वाचन गराउने तय भइसकेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद