Trishulinews.com: News from Trishuli » ओपोको नयाँ सेल्फी एक्स्पर्ट ‘एफ-फाइभ’ नेपालमा

३० कार्तिक २०७४, बिहीबार

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासंग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ ।

३० वैश्विक बजारमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले मनपराइ उपयोग गरिरहेका छन् । सार्वजनिक गरिएको ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी प्लस फूल स्क्रीन डिस्प्ले मोडल हो ।

यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ ।

मूल्य रू. ३३ हजार ९ सय ९० निर्धारण गरिएको ओपो एफफाइभ नोवेम्बर १५ देखि नेपाल भरका प्रमुख मोबाइल विक्रेता तथा विक्रि केन्द्र मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

एफ-फाइभ सार्वजनिक गर्न आयोजित कार्यक्रम मार्फत नै कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि संक्षिप्त परिचय दिइएको थियो । यी दूई भ्यारियन्ट भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद