Trishulinews.com: News from Trishuli » १६७ तेश्रो लिङ्गी मतदाता, एक उम्मेदवार

३० कार्तिक २०७४, बिहीबार

आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने भएका छन् । एक करोड ५४ लाख २७ हजार ९ सय ३४ जना कुल मतदाता रहेकामा मुलुकभर १ सय ६७ जना तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगले जनाएको छ । नुवाकोटमा तीन जना तेश्रो लिङ्गी मतदाता रहेका छन् ।
नागरिकता लिएको आधारमा आयोगले १ सय ६७ जना तेस्रो लिङ्गीको तथ्यांक निकालेको जनाएको छ । स्थानीय तहको निर्वाचनमाभन्दा अहिले २३ जना तेश्रो लिङ्गी मतदाता बढेका छन् ।
सबैभन्दा बढी सप्तरीमा २० जना पर्सामा १६ र काठमाडौँमा ११ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । देशको ३३ जिल्लामा भने तेस्रो लिङ्गी मतदाता शुन्य रहेका छन् । निर्वाचनको समयमा मतदान गर्न जान महिला र पुरुषको भिन्दाभिन्दै लाइन बनाउने गरेपनि सङ्ख्या निकै कम भएकाले तेश्रो लिङ्गी भने जुनसुकै लाइन प्रयोग गर्न सक्ने गरी नयाँ लाइनको व्यवस्था नगरेको निर्वाचन आयोगले जनाएको छ । आसन्न निर्वाचनमा नयाँ शक्ति नेपालले तेस्रो लिङ्गी सञ्जीव अर्थात पिङ्की गुरुङलाई उम्मेदवार उठाएको छ । नयाँ शक्तिले प्रतिनिधिसभाको सदस्यको लागि समानुपातिक तर्फबाट नीलहीरा समाजका अध्यक्षसमेत रहेका गुरुङलाई उम्मेदवार बनाएको हो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद