Trishulinews.com: News from Trishuli » पेस्तोल र १४ थान गोली बरामद

३० कार्तिक २०७४, बिहीबार

एक थान पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गाँउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजाँचको क्रममा भारतमा बनेको ‘एयर गन’ र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी नायव निरीक्षक मोहन थापा क्षेत्रको नेतृत्वको टोलीले भारतीय ट्रकका चालक समेत रहेका ४६ वर्षका कृष्ण कुमारलाई पक्राउ गरेको जनाएको छ ।
भारतबाट विभिन्न नाका तथा चेकजाँच स्थल भएर गोली सहितको पेस्तोल बोकेर ट्रक चलाउदै काठमाडौ जान लागेका उनलाई प्रहरी चाौकी बैरेनी शुक्रबार अपरान्ह पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एंव कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङमा लागिएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद