Trishulinews.com: News from Trishuli » मतदान केन्द्रको व्यवस्थापन र मतपेटिका जोगाउन चुनौती

३० कार्तिक २०७४, बिहीबार

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले आयोजित छलफलमा अघिल्ला चुनावको भन्दा अहिलेको चुनावमा मतपेटिका सङ्ख्या धेरै समावेश गर्नुपर्ने भएकाले त्यसको सुरक्षा गर्न चिन्ता बढेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एंव व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापनको काम पनि निकै चुनौती रहेको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल बनाउन दृढता र प्रतिबद्धताका साथ आयोग अघि बढिरहेको उहाँले बताउनुभयो । जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा रहेका उम्मेदवारलाई भने निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा सबै पक्षले साथको अपेक्षा आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद