» कर्मचारी र सुरक्षाकर्मीले मत दिने अधिकार अन्योल

३० कार्तिक २०७४, बिहीबार

सर्वोच्च अदालतले सुरक्षाकर्मी र कर्मचारीको मताधिकार प्रयोग गर्न पाउने अधिकारको सम्बन्धमा निर्वाचन आयोगले नै विचार गर्नुपर्ने ठहर गरेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश डम्मरबहादुर शाहीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गर्दै “संविधानको धारा ८४ को उपधारा ५ को विपरीत नहुनेगरी आयोगले निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मताधिकारमा सम्मिलित गराउन विचार पु¥याउने नै भएको हुँदा अहिलेलाई अन्तरिम आदेश जारी गर्न नपर्ने” ठहर गरेको छ ।
यसअघि अदालतले नेपाल सरकार अन्तर्गतका कर्मचारीलाई समानुपातिकतर्फ मताधिकार दिने÷नदिने भन्ने विषयमा छलफलका लागि “एमिकस क्युरी” माग गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयका भरतकुमार मैनालीले निर्वाचन आयोगले कर्मचारीलाई यथास्थानबाट भोट दिन नपाउने निर्णय गर्नु संवैधानिक अधिकारबाट वञ्चित गराएको भन्दै कात्तिक १३ मा सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
मंसिर १० र २१ मा हुने चुनावमा मत दिन नपाउने सुरक्षाकर्मी, कर्मचारी गरी करिब ५ लाख मतदाता हुने भएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद