» लाङटाङ मतदान केन्द्र अतिसंवेदनशील

३० कार्तिक २०७४, बिहीबार

सुरक्षा दृष्टिकोणले रसुवामा रहेका मध्ये एक वटा मात्र मतदान स्थल अति–संम्बेदनशील र २१ मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समिति रसुवाले जनाएको छ ।
मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुरक्षा व्यवस्थापनको दृष्टिले लाङटाङ मतदान स्थल अतिसंबेदनशील छ भने २१ वटा मतदान स्थल संम्बेदनशिल र १२ वटा मतदानस्थल सामान्य रहेको निष्कर्ष निकालिएको छ । भौगोलिक बिकटता, सडक संञ्जाल नपुगेको, विप्लव नेतृत्वको कार्यकर्ताले प्रभाव क्षेत्र, राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा लगायतका आधारलाई मानेर लाङटाङमा रहेको एक वटा मतदान केन्द्रलाई अतिसंबेदनशील मानिएको रसुवाको प्रमुख जिल्ला अधिकारी हिरादेबी पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न रसुवामा १ हजार ५ सय ३१ जना सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । निर्वाचनको लागी नेपाली सेनाको चार वटा कम्पनिबाट करिब ७ सय जना नेपाली सैनिक, ३ सय ८ जना शसस्त्र प्रहरी र २ सय ८३ जना नेपाल प्रहरी र दुई सय ४० जना म्यादी प्रहरी परिचालन गर्न लागिएको छ ।
यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि सूचना संकलन गरी कुनैपनि अपराध हुनुअघि नै जानकारी प्राप्त गरी त्यसलाई रोक्नमा सहयोग पु¥याएर निर्वाचन सुरक्षा बजबुद बनाउन सहयोग पु¥याउने जिम्मेवारी विभाजन गरिएको छ ।
रसुवामा ३२ हजार ३ सय २३ जना मतदाता रहेको र उनीहरुले ३४ वटा मतदानस्थलमा कायम गरिएको ४५ वटा मतदान केन्द्र मार्फत मंसिर १० गते मत दिने व्यवस्था मिलाउन लागिएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद