» किस्पाङ गाँउपालिकास्तरीय कथा लेखन प्रतियोगिता

३० कार्तिक २०७४, बिहीबार

किस्पाङ श्रोतकेन्द्रस्तरीय निम्नमाध्यामिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच कथा लेखन प्रतियोगिता गरिएको छ । कस्पाङ गाँउपालिका भित्र पर्ने विभिन्न ८ वटा विद्यालयको सहभागितामा भएको कथा लेखन प्रतियोगितामा सिम्राङ चउर निमाविका अजिता भट्ट पहिलो, सालमे माविका करुणा तामाङ दोश्रो र ज्ञानज्योती माविका सबिना भट्ट तेश्रो हुनुभयो ।
विद्यार्थीहरुमा रहेको प्रतिभा प्रष्फुटन एंव क्षमता अभिबृद्धि गर्ने उद्देष्यले सञ्चालन गरिएको कथा लेखन प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई आफैले चाहेका शीर्षक र विषयवस्तुमा रहेर एक घण्टामा दुई सय शब्द भन्दा बढी हुनुपर्ने गरी प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई किस्पाङ श्रोतकेन्द्रका श्रोतव्यक्ति कान्छा श्रेष्ठ, ऐसेलुभूमे मावि प्रध्यानध्यापक कृष्णबहादुर सापकोटाले पुरस्कार प्रदान गर्दै क्षमता अभिबृद्धि र लगनशीलतालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीयतहमा आएपछि किस्पाङ गाँउपालिकाले किस्पाङ प्रतिबद्धता पत्र जारी गर्दैै शैक्षिक सुधारको लागी विद्यार्थीहरुबीचको प्रतिस्पर्धा, नियमित रुपमा विद्यालयमा कक्षा सञ्चालन लगायतका सुधारको संकेतहरु देखिन थालेको पत्रकार कृष्णप्रसाद भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद