» असिनाबाट पाँच करोडको क्षति

३० कार्तिक २०७४, बिहीबार

धान भित्र्याउने समयमा आएको असिनाबाट नुवाकोटमा करिब पाँच करोड रुपैयाँको क्षति पुगेको छ । कात्तिक ११ गते शनिबार आएको बर्षा सहितको असिनाबाट धान, कोदो, तरकारी, आलु, लप्सी, लगायतको अन्नबालीमा चार करोड ९२ लाख चार हजार रुपैयाँ क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । जिल्लाको विदुर नगरपालिका, मेघाङ, तार्केश्वर, ककनी लगायतका गाँउपालिकाको एक हजार आठ सय १७ घरपरिवार किसानको ८ सय १३ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको अन्नबालीमा क्षति पुग्दा करिब पाच करोड रुपैयाँ नोक्सान भएको कृषि विकास कार्यालयका प्रमुख डा. कमलराज गैरेले जानकारी दिनुभयो ।
बर्षा सहितको असिनाले मेघाङ गाउँपालिकाको वडा नं ४, ५ र ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटे लगायतका बस्तीका एक हजार पाँच सय घरपरिवारको ६ सय ८५ हेक्टर क्षेत्रफलमा लगाएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति हुदाँ चार करोड ११ लाख रुपैयाँ किसानले नोक्सान बेहोरेको कृषि विकास कार्यालयका प्रमुख गैरेले जानकारी दिनुभयो ।
यस्तै तारकेश्वर गाउँपालिकाको वडा नं. १ स्थित दाङ्सिङमा ४५ घरपरिवार किसानले दश रोपनी क्षेत्रफलमा लगाएको धान र व्यवसायिक लप्सी खेतीमा क्षति हुदाँ एक लाख रुपैयाँ किसानले गुमाएको कार्यालयले संकलन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै, विदुर नगरपालिकाको वडा नं. ७ तुप्चेको अक्करे, रातमाटे, महादेवखर्क, वडा नं. १३ को कल्याणपुरको कल्याणपुरफाँट, हर्कपुर, खुसार्ने, हुलाकघरका दुई सय घरपरिवार किसानले एक सय १३ हेक्टर क्षेत्रफल जग्गामा लगाएको धान, कोदो, आलु र तरकारी खेतीमा कार्तिक ११ गते हावाहुरी सहित आएको आसिनापानीले क्षति पु¥याउदाँ ६८ लाख चार हजार रुपैयाँ नोक्सान भएको कृषि कार्यालयले संकलन गरेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
यस्तै, ककनी गाउँपालिकाको ओखरपौवा, चाउथे लगायतको बस्तीका ३५ घरधुरी किसानले लगाएको धान, कोदो, तरकारी र आलु मध्ये पाँच हेक्टर क्षेत्रफलको सबै असिनाले क्षति पु¥याउदाँ किसानले तीन लाख रुपैयाँ नोक्सान बेहोरेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।
भित्र्याउने समय भएको धान, कोदो, तरकारी र भर्खरै रोपेको आलु खेतीमा असिनापानीले पु¥याएको धेरैको परिणाम निकै धेरै रहेको गुनासो किसानबाट आएपछि जिल्ला कृषि विकास कार्यालयले क्षतिको प्राविधक टोली परिचालन गरी स्थलगत रुपमा लगत संकलन गरेको जनाएको छ । असिनापानीले मुख्य बाली धानमा धेरै क्षति पुगेकाले त्यसबाट किसानहरु प्रत्यक्ष रुपमा पीडित भएकाले उनीहरुको लागी राहत तथा अनुदान सहयोग उपलब्ध गराउन कृषि विभाग अन्तरगत रहेको दैविक प्रकोप तथा राहत व्यवस्थापन महाशाखासंग समन्वयन गर्ने कृषि विकास कार्यालयका प्रमुख कमलराज गैरेले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयलाई विपद्बाट क्षति बेहोरेकालाई राहत उपलब्ध गराउन बजेट तथा कार्यक्रम प्राप्त नभएकाले केन्द्रबाट पहल गरी पीडित किसानलाई सहयोग पु¥याउन पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद