विदुर , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयाघातका कारण आज
बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।
अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पतालले जनाएको छ ।
दाहालको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । शनिबार बेलुकी सामान्य बिरामी भएका दाहाललाई राति हृदयाघात भएको थियो ।