» गैह्रसरकारी सस्थाको कार्यक्रम बन्द

३ मंसिर २०७४, आईतवार

रामहरि न्यौपाने
विदुर-आसन्न मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पर्नसक्ने भन्दै नुवाकोटमा रहेका गैह्रसरकारी सँस्थाको कार्यक्रममा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको निर्वाचन सम्बन्धि जिल्लाको सर्वपक्षीय एंव सर्वदलीय बैठक मार्फत निर्वाचन अवधिभर गैह्रसरकारी सँस्थाले गरेका कार्यक्रमबाट स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित हुने भन्दै गत कात्तिक २७ गते देखि नै सुरु भएर अब मंसिर १० गतेसम्म कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।


भूकम्पपछि राहत सहयोगमा कार्यरत रहेका नुवाकोटका दुई दर्जन भन्दा बढी स्वदेशी एंव विदेशी सँस्थाले यसअघि नै घोषणा गरेका कार्यक्रम समेत निर्वाचन सम्पन्न नभएसम्म बन्द गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । स्वदेशी तथा विदेशी गैह्रसरकारी सँस्थाले आफ्नो नीति र पूर्व घोषित अनुसार काम गरे पनि कुनै राजनीतिक दलले ती सँस्थालाई आफूले पठाएको भन्दै मतदातासामु आश्वासन बाढ्नसक्ने र सस्तो लोकप्रियता चाहने गतिविधि सञ्चालन हुनसक्ने भन्दै सञ्चालित सबै प्रकारणका कार्यक्रममा रोक लगाइएको निर्णय भएको छ । गैह्रसरकारी सँस्थाको कार्यक्रम सञ्चालनमा लगाइएको रोक पश्चात तालिम, भ्रमण, सामाग्रि हस्तान्तरण, समिति गठन, योजना तर्जुमा, अनुगमन लगायतका काम बन्द गर्नुपर्ने भएको छ । सँस्थालाई कार्यालयको आन्तरिक काम गरेर बाह्य सबै प्रकारणका काम बन्द गर्न दिएको निर्देशनले सँस्था मार्फत सञ्चालनमा रहेको निजी आवास पुर्ननिर्माणको काम प्रभावित हुने भएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद