» रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रम काउले र भाल्चेमा आवास पुर्ननिर्माण तिव्र

३ मंसिर २०७४, आईतवार

राजुमित्र खनाल
दावाचेत-भूकम्पले क्षति पु¥याएको आवास पुर्ननिर्माण र सँगसँगै शौचालय बनाउनको लागी नुवाकोटको किस्पाङ गाँउपालिका–१ भाल्चे र वडा नं. ३ काउलेका बासिन्दाहरु सक्रिय रहेका छन् । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको शाखाको ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत जिल्लाको साविक आठ गाविस मध्येमा छनोटमा परेको भाल्चे र काउलेका बासिन्दाहरु सस्थाको सहयोगमा भूकम्प प्रतिरोधी आवास पुर्ननिर्माणमा व्यस्त रहेका छन् । जिल्लाको साविक ८ गाविसमा ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत भूकम्प प्रतिरोधात्मक आवास निर्माण पश्चात सरकारले दिने अनुदान रकम उपलब्ध गराउने जिम्मेवारी लिएको रेडक्रसको सहयोगले जिल्लाको अन्य स्थान भन्दा विकट मानिएका भाल्चे र काउलेको निजी आवास निर्माणको प्रगति सुधारात्मक रहेको छ । भाल्चेमा एक हजार ५ लाभग्राही रहेकोमा ९ सय ९१ जनाले आवास निर्माण सम्झौता गरेर पहिलो किस्ता रकम लिएका छन् ।
सम्झौता गरेका मध्ये ३ सय ९२ घरपरिवारले दोश्रो किस्ता रकम लिएर घर निर्माण अन्तिम चरणमा पु¥याएका छन् भने आवास निर्माण सम्पन्न गरी तेश्रो किस्ता रकम लिनेको सङ्ख्या १ सय ८८ घरपरिवार रहेको रेडक्रस मार्फत सञ्चालनमा रहेको ‘भूकम्प प्रतिकार्य कार्यक्रम’का कार्यक्रम संयोजक शारदा खतिवडाले जानकारी दिनुभयो ।
किस्पाङ गाँउपालिका–१ भाल्चेलाई यसअघि नै खुला दिशा मुक्त क्षेत्र घोषणा भइसकेकाले यसअघि निर्माण भएका शौचालयहरु भूकम्पले क्षति पुगेसगै नयाँ आवास निर्माणसगै पक्कि शौचालय निर्माण गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेका छन् ।
यस्तै, किस्पाङ गाँउपालिका–३ काउलेमा रेडक्रस मार्फत निजी आवास पुर्ननिर्माण सगसगै पक्कि शौचालय निर्माणमा स्थानीयबासी अग्रसर हुदै आइरहेका छन् ।
निजी आवास पुर्ननिर्माण गर्न नेपाल रेडक्रस नुवाकोट नुवाकोट शाखा मार्फत ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत पुर्ननिर्माणमा तिव्रता दिन पु¥याएको सहयोग र सचेतना बढाएसगै काउलेमा ९ सय ५३ लाभग्राही मध्ये ९ सय २० घरधुरीले पहिलो किस्ता रकम लिएर आवास निर्माण सुरु गरिसकेको कार्यक्रम संयोजक खतिवडाले जानकारी दिनुभयो । यस्तै, २ सय ७६ घरधुरीले आवास निर्माणमा अन्तरगत दोश्रो किस्ता बापतको रकम प्राप्त गरिसेका छन भने १ सय ९४ घरपरिवारले निर्माण सम्पन्न गरेर तेश्रो किस्ता रकम प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
रेडक्रस मार्फत एक साताको कालीगढ तालिम लिएका जनशक्तिको उत्पादन, प्राविधिक परामर्शको सहज उपलब्धता सगै भाल्चे र काउलेमा पुर्ननिर्माण जिल्लाको अन्य स्थानको बास्तीको भन्दा अग्रणी स्थानमा रहेको छ । किस्पाङ गाँउपालिकाको अन्य वडाहरु खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेकाले बाँकी रहेको वडा नं ३ काउलेमा आवास निर्माण सगसगै शौचालय नभएका घरमा निर्माण गर्नको लागी आवश्यक सामाग्रि र निर्माणको लागी ६५ सय रुपैयाँ ज्याला रकम समेत उपलब्ध गराएको ‘भूकम्प प्रतिकार्य कार्यक्रम’का कार्यक्रम संयोजक शारदा खतिवडाले जानकारी दिनुभयो ।


नुवाकोटमा भूकम्पले क्षति पुगेका ६८ हजार भन्दा बढी आवास पुर्ननिर्माण गर्नुपर्नेमा भूकम्प प्रतिरोधात्मक आवास बल्ला ११ सय निर्माण भएकोमा काउलेमा र भाल्चेका दुई बस्तीमा २ सय ८२ घरले निर्माण सम्पन्न गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको पुर्ननिर्माण नै अहिलेको मुख्य अभियान भएकाले रेडक्रस लगायतका सामाजिक सस्थाको सहयोगमा पुर्ननिर्माणलाई तिव्र बनाउदै आएको किस्पाङ गाँउपालिका–३ का वडाध्यक्ष अमृतबहादुर तामाङले बताउनुभयो ।
आवास पुर्ननिर्माणको लागी शहरबाट निर्माण सामाग्रि ल्याउनको लागी सडकको समस्या भएकाले त्यसलाई सञ्चालन गरी लाभग्राहीलाई सहज बनाएर पुर्ननिर्माणमा उत्पन्न समस्या समाधान गर्दै वडा कार्यालयले पुर्ननिर्माणमा प्रथामिकता दिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
भूकम्पको कारण शत प्रतिशत सरह आवासमा क्षति बेहोरेको किस्पाङ गाँउपालिकामा सरकारीस्तरबाट सञ्चालन भएको भन्दा सामाजिक सस्थाको सहयोगमा सञ्चालन भएको आवास निर्माण सहयोग कार्यक्रमको नतिजा प्रभावकारी रहेको गाँउपालिकाको अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । रेडक्रस मार्फत भाल्चे र काउलेमा, वल्ड रिन्यू मार्फत मनकामनाको विभिन्न बस्तीमा आवास निर्माण उत्साहजनक भएकोले यसलाई बाँकी बस्तीहरुमा पनि तिव्रता दिनको लागी प्रयास भइरहेको गाँउपालिकाको अध्यक्ष लामाले बताउनुभयो । आवास निर्माणको लागी आवश्यक निर्माण सामाग्रि, दक्ष जनशक्ति, सडकको विस्तार नहुदाँ समस्या भएकाले समस्या समाधान गरी पुर्ननिर्माण सम्पन्न गर्ने र सस्थाहरुसंगको सहकार्यमा जिविकोपाजर्नमा समेत सहयोगका कार्यक्रम सञ्चालन गर्न योजनामा रहेको उहाँले बताउनुभयो ।
रेडक्रसले नुवाकोटको भाल्चे र काउले सहित मनकामना, हल्देकालिका, लच्याङ, उर्लेनी, सूर्यमती र चतुरालेमा आफ्ना कार्यक्रमहरु सञ्चालनमा ल्याएको सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।
रेडक्रस नुवाकोट मार्फत ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत स्वास्थ्य सम्बन्धि कार्यक्रम अन्तरगत सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा सहयोग पु¥याउन सहायेग पु¥याउदै आएको छ ।
रेडक्रसल जिविकोपार्जन अन्तरगत ‘कामको लागी नगद कार्यक्रम’ र नगद अनुदान, खानेपानी तथा सरसफाई अन्तरगत खानेपानी योजनाको निर्माण, शौचालय निर्माणमा सहयोग पु¥याएर खुला दिशामुक्त क्षेत्र घोषणामा सहयोग पु¥याउदै आएको छ ।
यस्तै, सस्थागत क्षमता अभिबृद्धिको लागी जिल्ला अस्पताल त्रिशूली परिसरमा रहेको रक्तसञ्चार केन्द्रलाई व्यबस्थित भवन निर्माण गर्ने योजना रहेको रेडक्रस नुवाकोटले जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद