» चुनावमा खटिने कर्मचारीको मृत्यु भएमा २० लाख बीमा

३ मंसिर २०७४, आईतवार

नवराज सुवेदी
विदुर-निर्वाचनमा खटिने कर्मचारी सुरक्षाका लागि एक जनाको तीन लाख रुपैयाँको बीमा सहित अन्य उपचारको व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा एक जनाको २० लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र त्यो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले बीमा सुविधा उपलब्ध गराइने भएको छ ।
निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत बीमा सुविधा पाउने व्यवस्था गरिएको छ ।
यस्तै, निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि बीमा सुविधा पाउने ब्यबस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद