» उम्मेदवार सुरक्षा चुस्त बनाउन गृहको निर्देशन

३ मंसिर २०७४, आईतवार

सुमिता तामाङ,
विदुर-चुनाव नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि नेपाल सरकारले उम्मेदवारको सुरक्षाका लागि प्रभावकारी रुपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका अनुसार आतंक बढाउने गतिविधि बढ्न थालेपछि चुनावलाई असर पु¥याउन सक्ने व्यक्तिको निगरानी राख्न र खोजतलास अभियानलाई तीव्र बनाउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ ।
विष्फोट र उम्मेदवार लक्षित आक्रमणको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानीमा राखिएको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ । उम्मेदवारलाई सुरक्षा दिने राज्यको जिम्मेवारी भएकाले चुनाव विरोधी गतिविधिमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो । सुरक्षाकर्मीले २४ सै घण्टा उच्च सतर्कता अपनाउने र उम्मेदवारले आफ्नो चुनावी कार्यक्रमबारे सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा जानकारी लिन दिन आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता दुवाडीले बताउनुभयो ।
अहिलेसम्म चुनाव विरोधी गतिविधिमा संलग्न रहेका दुई सयजना भन्दा बढीलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद