» मतपेटिका कुर्न सिसीक्यामरा समेत राख्ने तयारी

११ मंसिर २०७४, सोमबार

नुवाकोटमा मंसिर १० आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतदानको मतपेटिका सुरक्षाको लागी तीन घेराको सुरक्षा अवलम्बन गरिएको छ ।
जिल्लामा रहेका १२९ मतदान स्थलमा कायम गरिएको २६० मतदान केन्द्रका मतपत्र सहितको मतपेटिकालाई सम्बन्धित प्रतिनिधिसभा सदस्यको क्षेत्र अन्तरगतको निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
२६० मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको फरक–फरक मतपेटिका र समानुपातिकको एकै मतपेटिका रहदाँ ७८० मतपेटिका रहेका छन् । सिल भएका मतपेटिका राखिएको कोठाको ढोकामा समेत राजनीतिक दलका प्रतिनिधिको रोहबरमा सिल गरेर तीन घेरामा सुरक्षा दिइएको छ ।
मतपत्र सहितको मतपेटिका राखिएको कोठामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ भने बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का निर्वाचन अधिकृत समेत रहनुभएका शाहका अनुासर दलहरुको रोहबरमा सिलबन्दी गरिएको मतपत्र तीन घेराको सुरक्षामा रहेका छन् । सिल भएका मतपेटिकालाई कोठामा राखेर त्यसमा समेत सिल गरेर तीन घेरामा सुरक्षा पहरा उम्मेदवारका प्रतिनिधि समेत भएपनि सुरक्षाको भरपर्दो अबस्था र विश्वसनीयतामा समस्या हुन सक्ने भएकाले अब सिसी क्यामरा समेत जडान गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभएको छ ।
मतपत्र रहेको कार्यकक्षको बाहिर प्रहरीसगै उम्मेदवारका प्रतिनिधिहरु पनिसँगै रहेका छन् । प्रहरीको सुरक्षा घेरासगै उम्मेदवारका प्रतिनिधि बस्नको लागी समेत निर्वाचन अधिकृतको कार्यालयले स्थान उपलब्ध गराइएको छ । मतपेटिका रहेका स्थानमा उम्मेदवार तथा उनीहरुले तोकेका प्रतिनिधिहरुले समेत कुरेर बसेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद