» रसुवामा सिसि क्यामेराको निगरानी

१२ मंसिर २०७४, मंगलवार

रसुवामा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका सुरक्षाका लागि सिसिटिभि क्यामेरा जडान गरिएको छ ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको माग अनुसार निर्वाचन आयोगको सहमतिले मतपेटिकाको सुरक्षाका लागि सिसिटिभि क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
आईतबार भएको निर्वाचनको मतगणना यहि मंसिर २१ गतेपछि मात्र गर्ने निर्वाचन आयोगले निर्णयसँगै सिल गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मतपेटिका सिसिटिभिको निगरानीमा राख्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभएकोछ ।
मतपेटिकाको सुरक्षाका लागि सिसिटिभि क्यामेरा जडान गरेपछि उम्मेदवारहरुले मतपेटिका राखिएको स्थानको गतिविधि इन्टरनेटको सहयोगमा विश्वकै जुनसुकै स्थानबाट नै निगरानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । सिसिटिभि क्यामेरा जडान गरेपछि यसअघि मतपेटिका राखिको स्थानमा कुरेर बसेका उम्मेदवारका प्रतिनिधिहरु पनि मतपेटिका भण्डारण स्थल छाडेर बाहिरिएका छन् ।
मतपेटिकाको सुरक्षाको लागी आठस्थाननमा सिसिटिभी क्यामर जडान गरिएको छ । सुरक्षाकर्मीहरुले पनि मतपेटिका राखिएको स्थानमा खतरा क्षेत्र निर्धारण गरेर सबैलाई प्रवेशमा रोक लगाएका छन् । मतपेटिका सुरक्षाको लागी नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि २४ सै घण्टा सुरक्षा दिदै आएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद