आफ्नै नवजात शिशु (छोरी)को हत्या गरेको अभियोगमा तार्केश्वर गाउपालिका–२ का सबिना अधिकारीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
श्रीमान बिदेश गएको समयमा परपुरुषसंगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।
परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानको लागी नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्धामा कारबाहीको लागी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।