» पहिलो चरणको मतदानको मतपेटिका बल्ल जम्मा भयो

१३ मंसिर २०७४, बुधबार

पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग अन्तरगतको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार कूल दुई हजार ९ सय १७ मतदानस्थलका सबै मतपेटिका आज अपरान्ह सम्बन्धित जिल्लाको जिल्ला सदरमुकाम स्थित भण्डारण स्थलमा ल्याइएको छ ।
डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना कार्य शुरु हुने भएकाले मंसिर १० गते मतदान भएका स्थानमा मतपेटिका सुरक्षित रुपमा तीन घेराको सुरक्षा घेरामा भण्डारण गरिएको छ । यस्तै, अहिलेको मौसम चिसो भएकाले मतपेटिका जोगाउन निर्वाचन आयोगलाई चुनौती बनेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद