» मतदाता शिक्षा प्रचार सुरु

मतदानमा सहभागी हुन निमन्त्रणा गरिने

३० कार्तिक २०७४, बिहीबार

नुवाकोटमा ‘मतदाता शिक्षा कार्यक्रम’ सुरु भएको छ । निर्वाचन आयोगबाट प्रचार÷प्रसार सम्बन्धि सामाग्रि आउन भएको ढिलाइ भएको कारण रोकिएको ‘मतदाता शिक्षा कार्यक्रम’ जिल्लाको सबै स्थानमा एकै साथ सञ्चालनमा आएको छ । नुवाकोटमा कायम रहेका १ सय २९ मतदान स्थलमा निर्धारण गरिएको २६० मतदान केन्द्रमा मतदिने मतदातालाई निर्वाचनको समयमा सही रुपमा मतदान गर्नको लागी सिकाउन २६० जना नै मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । शनिबारदेखि परिचालन भएका स्वंयसेवकहरुले निरन्तर रुपमा चुनावको मौन अवधि सुरु हुनुभन्दा अघिसम्म मतदातालाई मत संकेत गर्ने तरिकादेखि मंसिर १० मा भोट दिन आउनको लागी निमन्त्रणा गर्ने, थप संकलन भएको मतदाताको परिचय वितरण स्थलमा बसेर मत संकेत गर्न तरिका सिकाउने जिम्मेवारी दिइएको छ । एक मतदान केन्द्रको लागी एक जना स्वंयसेवक हुने गरी प्रचारमा जुट्ने भएकाले उनीहरुले घरघरमा नै पुगेर मतदान गर्न सिकाउने देखि मतदान गर्न आउनको लागी निमन्त्रणा गर्ने, समूहगत रुपमा छलफल चलाउने, निर्वाचन सम्बन्धि जानकारीमूलक प्रचार सामाग्रिहरु टाँस एंव वितरण गर्ने निर्वाचन अधिकारीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा प्रचारप्रसारको लागी महिला स्वास्थ्य स्वंयसेविका, बाल शिक्षा कार्यकर्ता र सामाजिक परिचालकहरुलाई एक दिने तालिम दिएर आयोगबाट प्राप्त भएको प्रचार सामाग्रि दिएर कार्यक्षेत्रमा परिचालन गरिएको निर्वाचन कार्यालय नुवाकोटका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा प्रचारप्रसारमा परिचालन हुने स्वंयसेवकहरुलाई मतदान गर्ने तारिका सहितका जानकारी सहितको सन्देश रहेको विभिन्न चार प्रकारको पोष्टर र नमूना मतपत्र रहेका छन् । यसअघि पोष्टरहरु स्थानीय भाषाको रुपमा नुवाकोटको लागी तामाङ भाषामा समेत आउने भएपनि अहिलेको निर्वाचनमा नेपाली भाषाको मात्र प्रचार सामाग्रि आएको छ । नमूना मतपत्र अन्तरगत प्रतिनिधिसभाको प्रत्यक्ष, प्रदेशसभाको प्रत्यक्ष र दुवै तहको समानुपातिकको गरी भिन्न÷भिन्न तीन प्रकारणको मतपत्र लिएर मतदाता शिक्षा प्रचारको लागी स्वंय सेवकहरु परिचालन भएका छन् । चुनावी प्रचारको लागी हाते पुस्तिका, ब्रोसर लगायतका सामाग्रिहरु आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच, निर्वाचन आयोगले मतदाता शिक्षा प्रचार प्रसारमा परिचालन भएका स्वंयसेवकलाई प्रचार अभियानमा निकै सचेत हुन आग्रह गरेको छ । आयोगले अहिले मतदाता शिक्षा स्वंय सेवक भएर परिचालन हुनेलाई यसअभि विभिन्न दल तथा पार्टी र उम्मेदवार भएकाहरुसंग आस्था राखेको भए त्यसलाई बिर्सिएर विवादमुक्त हुनेगरी सही रुपमा मतदान गर्न सिकाउन केन्द्रित हुन आग्रह गरेको छ । मतदान शिक्षा प्रचारप्रसारमा परिचालन हुेन स्वंय सेवकले कुनै दल तथा उम्मेदवार विशेषको पक्षमा लागेर मत दिन सिकाएमा तथा चुनावी प्रचारमा नलाग्न सचेत गराएको छ । कुनै पार्टी एंव उम्मेदवारको चुनावी सभा,¥यालीमा मतदान शिक्षा प्रचार प्रसार गर्ने बाहनामा सहभागी भएको थाहा पाएमा पनि कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद