» आयोनबाट मतदाता प्रचारको लागी स्वंयसेवक परिचालन

३० कार्तिक २०७४, बिहीबार

नेपाल युवा सस्था सञ्जाल (आयोन)ले आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको लागी नुवाकोट र रसुवामा मतदाता शिक्षा प्रचार प्रसार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
मंसिर १० गते हुन लागिरहेको निर्वाचनमा मतदातालाई सही रुपमा मतदान गर्न सिकाउनको लागी आयोनका स्वंयसेवकहरु मतदाताको घरघरमा परिचालन भएका छन् ।
आयोनका स्वंयसेवकहरु नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा तार्केश्वर, ककनी र किस्पाङ गाँउपालिका यस्तै, रसुवाको नौकुण्ड, गोसाईकुण्ड, उत्तरगयाँ र कालिका गाँउपालिकामा मतदाताको घरदैलो, नमूना मतदान एंव अतिरिक्त क्रियाकलाप गराएर मतदातालाई मतदानमा सहभागी हुन जागरुक जगाउने र मतदानको क्रममा बदर मत हुन नदिन मतदाता शिक्षा प्रचार प्रसारमा जुटेको आयोनका नुवाकोट संयोजक दिपक ठकुरीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा प्रचारप्रसारको लागी परिचालन हुने नुवाकोटका ११ जना र रसुवाको दश जना स्वंयसेवकलाई आयोनले शुक्रबार रसुवाको कालिकास्थानमा दुईदिनको प्रशिक्षण दिएर प्रचारप्रसारको लागी आवश्यक सामाग्रि सहित मतदाताहरुलाई सही रुपमा मतदान गर्न सिकाउनको लागी खटिएको नुवाकोट संयोजक ठकुरीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा प्रचारमा खटिने स्वंयसेवकलाई प्रशिक्षकहरु निरज बाग र सुस्मिता श्रेष्ठले मतदातालाई आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ फरक÷फरक मतपत्रमा एक÷एक छाप र समानुपातिक तर्फको प्रदेश र प्रतिनिधिसभाको एकै मतपत्रको तल र माथी दुई छाप लगाउन विभिन्न क्रियाकलाप मार्फत जागरुक बनाउनको लागी आग्रह गर्नुभयो । आयोनबाट खटिएका स्ंवयसेवकले मतदाता शिक्षा प्रचारको लागी मतदाताको घरदैलो, नमूना मतदानको अभ्यास, मतदानमा सहभागी हुन जागरुकता फैलाउने गित, नाटक, कविता लगायतका माध्यमबाट सचेतना बृद्धि गर्न परिचालन भएका छन् । आसन्न निर्वाचनको लागी निर्वाचन आयोग मार्फत जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको समयमा आयोनका स्वंयसेवकहरु पनि प्रचारमा अभियानमा खटिएका छन् । निर्वाचन सम्बन्धि प्रचारको लागी सामाजिक सँस्थाको तर्फबाट दुवै जिल्लामा आयोनका स्वंयसेवक खटिएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद