» मतदाता परिचयपत्र वितरण मंसिर ८ र ९ मा

३० कार्तिक २०७४, बिहीबार

निर्वाचन आयोगले पुराना मतदाताको लागी आसन्न चुनावका लागि परिचयपत्र नछाप्ने जनाएको छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छपाईको काम जारी रहेको छ । पुराना यसअघि मतदाता परिचय पत्र वितरण भइसकेकाहरुलाई त्यहीबाट नै काम चलाउन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।
सम्पन्न भएको स्थानीयतहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । स्थानीयतहका चुनावमा भोट खसालेका मतदाताले पुरानै परिचयपत्रका आधारमा भोट खसाल्नुपर्ने उहाँले बताउनुभयो । मतदातको सहजका लागि आयोगले सरकारी निकायबाट जारि भएको कुनै पनि आधिकारिक परिचयपत्र सवारी चालक अनुमति पत्र, जग्गाको लालपुर्जा लगायतका फोटो सहितको परिचय पत्रको आधारमा भोट खसाल्ने सुविधा समेत मिलाएको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचयपत्र छाप्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँ थपिएका करिब १४ लाख र स्थानान्तरण भएका ८ लाख गरि २२ लाख परिचयपत्रको छपाईको काम यो महिनासम्म पूरा भएपश्चात मंसिर लाग्ने बित्तिकै वितरण सुरु गर्ने जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देशरभरबाट एक करोड ५४ लाख मतदाता मत दिन योग्य ठहरिएका छन ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद