» केरुङ काठमाडौ रेल सेवा सञ्चालन सम्भव

३० कार्तिक २०७४, बिहीबार

नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ समूहले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष दिएको छ । केरुङ–काठमाडौं, काठमाडौ–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक प्रतिवेदन अध्यययन समूहले दिएको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय समूहको सम्भाव्यता अध्ययन गरेर बेइजिङ फर्केको छ । समूहले आफ्नो प्रतिवेदन चीन सरकारलाई पेश गर्ने जनाएको छ । रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्ने भएको छ । रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त शर्माका अनुसार त्यसपछि मात्र निर्माणको प्रक्रिया अगाडि बढाउन सकिने संकेत देखिएको छ । लगानीको लागी २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चिनियाँ समूहले तीन वटै मार्गमा केही भौगर्भिक समस्या रहेको औंल्याएको छ । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्ने भएकाले समस्या भएको जनाएको छ ।
दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने अध्ययन समूहले जनाएको छ । यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको भने जनाएको छ । चीन सरकारले १२ वर्ष अघि नै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म सञ्चालनमा ल्याएको छ । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेकाले त्यही मार्गलाई नेपालको सीमा स्थल नजिकै पर्ने चीनको प्रसिद्ध शहर केरुङसम्म ल्याउने चिनियाँ योजना रहेको छ । त्यहाँबाट रसुवागढी, नुवाकोटको त्रिशूली, थानसिंह हुदै काठमाडौं पु¥याउने र अनि पोखरा हुदै लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजना दुवै राष्ट्रले अघि बढाएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद