» घ्याङफेदीमा हेलिकोप्टर मार्फत टान्सफर्मर पु¥याइयो

३० कार्तिक २०७४, बिहीबार

विकासको प्रयाप्त सम्भावना भएर पनि पछि परेको नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीमा विद्युत सेवा विस्तारको लागी हेलिकोप्टर मार्फत टान्सफर्मर पु¥याइएको छ ।
स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरु आएपछि विकासको लागी देखाएको सक्रियता तथा जनतालाई सहज रुपमा सेवा पु¥याउने अभियान अन्तरगत विद्युत सेवा विस्तार गर्न समुन्द्रटारसम्म गाडीले पु¥याएको २५ केभिए क्षमताको टान्सफर्मरलाई मंगलबार हेलिकोप्टर मार्फत घ्याङफेदीको किगाङमा लगिएको हो ।
दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ र दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङको पहलमा समुन्द्रटारबाट हेलिकोप्टर मार्फत टान्सफर्मर लगेर विद्युत सेवा विस्तार गर्न थालिएको हो । हेलिकोप्टर मार्फत टान्सर्फमर पु¥याएसगै किगाङ, हुकेल, श्यामदुङ लगायतको बस्तीमा रहेका एक सय भन्दा बढी घरधुरीलाई विद्युत सेवा विस्तार गर्न सहज हुने भएको छ ।
भौगोलिक रुपमा कठिनाई, सञ्चार र प्रशासनिक निकायको पहुँचबाट टाढा रहेका बासिन्दालाई विद्युत सेवा पु¥याउन पोल र तार समेत विस्तार भइसकेकाले अबको एक साताभित्र उपभोक्ताले बत्ति बाल्न पाउने काँग्रेसका क्षेत्रीय प्रतिनिधि एंव शिखरवेशीका समाजसेवी बिकेश पण्डितले जानकारी दिनुभयो ।
जनप्रतिनिधिको आगमन सगै घ्याङफेदीको विभिन्न बस्तीमा सडक विस्तार, विद्यालयहरुमा शैक्षिक विकासमा प्रथामिकता, स्वास्थ्य चौकीमा सहज रुपमा औषधि उपलब्ध गराउन पहल भइरहेको सहकर्मी रञ्जमान तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद