» सक्षम सहकारीको साधारणसभा सम्पन्न

३० कार्तिक २०७४, बिहीबार

सक्षम बहुद्देश्यीय सहकारी संस्थाले दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । दश बर्ष अगाडी २५ जना सेयर सदस्यहरुबाट स्थापित भएको सहकारीमा ५ सय ६९ जना महिला र ३ सय ११ जना पुरुष गरी ८ सय ८० जना सदस्यहरुबाट ९५ लाख ४० हजार ४ सय रुपैयाँ शेयर पुँजी रहेको सहकारीका कोषाध्यक्ष नरेश पुडासैनीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले विभिन्न व्यवसायिक क्षेत्रमा ३ करोड ३० लाख २० हजार रुपैयाँ ऋण लगानी गरेको सहकारीले सम्पन्न आर्थिक बर्षमा ९४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको सहकारीका अध्यक्ष धनबहादुर श्रेष्ठले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । दशौ बार्षिक साधारणसभाको अबशरमा सहकारीले सक्षम खुत्रुके बाल बचत अन्तरगत बचत गर्ने १ सय ५५ जना र उत्कृष्ट कारोबार गर्ने मंगललाल खड्कीलाई कदर पत्र सहित सम्मान गरेका सहकारीका व्यवस्थापक तकबहादुर गोदारले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद