» बालबालिकालाई यौनदुव्र्यबहार रोक्न सचेतना

३० कार्तिक २०७४, बिहीबार

सूर्यगढी गाउँपालिका वडा नम्बर ४ हल्देकलिकामा रहेका बालकालिकाहरु बालयौन दुव्र्यवहार रोक्नको लागी प्रशिक्षण तथा अभिमुखिकरण गरिएको छ ।
हल्देकालिकामा रहेको गणेश माध्यामिक विद्यालयमा रहेको गणेश बालक्लवमा आवद्ध भएका बालबालिकालाई कार्नेट नेपालले बालबालिकामाथी हुन सक्ने बालदुव्र्यवहार र बच्ने उपायका सम्बन्धमा एक दिने प्रशिक्षण दिएको जनाएको छ । प्रशिक्षणबाट बालबालिकाले ठूलालाई गर्ने आदार र ठूलाले सानालाई कस्तो व्यवहार गर्यो भने प्रतिकार गर्नुपर्छ भन्ने विषयमा जानकार भएको क्लवका अध्यक्ष अमृत थापाले बताउनुभयो ।
तालिममा कार्नेटका प्रतिनिधिहरु सानुमायाँ तामाङ, क्लवका संरक्षक शिक्षक खमलाल तिमिल्सिना लगायत क्लवमा आवद्ध भएका बालबालिकाको सहभागिता रहेको हल्देकालिका सहकर्मी सरुना राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद