Trishulinews.com: News from Trishuli » नेपाली सेनाको रगतले सुत्केरीले पुर्नजीवन पाइन्

३० कार्तिक २०७४, बिहीबार

धादिङको खनियाबास गाँउपालिका वडा नं. ५ का निरुषा तामाङलाई सुत्केरी गराउदाँ अत्याधिक रक्तश्राव भएर जोखिममा परेको शरिर नेपाली सेनाले रगत उपलब्ध गराएर बचाएको छ ।
सुत्केरी ब्यथा लागेपछी जिल्ला अस्पताल त्रिशूलीमा भर्ना हुनुभएका २० वर्षका तामाङको शरीरबाट अत्याधिक रक्तश्राव भएर जोखिममा परेको ज्यान श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक धुव्रकुमार बुढाथोकीले उपलब्ध गराउनुभएको रगतको सहयोगले सामान्य भएको छ । जिल्ला अस्पताल त्रिशूली परिसरमा रेडक्रस मार्फत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा समेत रगतको अभावमा रगत अभावमा जोखिममा परेको तामाङको शरिर बचाउन नेपाली सेनाले रगत उपलब्ध गराएको हो । उहाँको अहिले स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसैबीच, रगतको अभाव चर्कदै गएको समयमा बट्टार ब्रदर्श गुप्र नुवाकोटले बट्टार बजारमा आयोजना गरेको रक्तदानमा २१ दाताले रगत दान गरेका छन् । रेडक्रसको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा २१ दाताले रगतदान गरेको गु्रपका संयोजक शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गुप्रले बट्टार बजार सहित जिल्लाको मुख्य मुख्या बजार, धार्मिक क्षेत्रमा सरसफाई, स्थानीय क्षेत्रमा रहेको सास्कृतिक परम्पराको सरक्षणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद