Trishulinews.com: News from Trishuli » तामाङको दुई कृति सार्वजनिक

३० कार्तिक २०७४, बिहीबार

पश्चिमी तामाङ भाषाका युवा साहित्यकार नुवाकोटको मेघाङ गाँउपालिका वडा नं. ३ देउरालीका धनम तामाङको दुई कृतिहरुको एकैसाथ शनिबार विमोचन गरिएको छ । तामाङ डजाङ पत्रिकाको आयोजनामा तामाङका नव प्रकाशित दुई कृतिहरु ठुङ्प र केह्प लोककथा र सप्सी काव्यको विमोचन गरिएको हो । तामाङ विगत १२ बर्ष देखि पश्चिमी तामाङ भाषामा कलम चलाउदै आइरहेकाले प्रकाशन भएको कृति उत्कृष्ट रहेको समीक्षकहरुले बताएका छन् । उहाको अहिलेसम्म पाँच वटा पुस्तक र दर्जनौं लेखरचना तामाङ भाषामा प्रकाशित भएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद