» अनुगमन र पर्यवेक्षण स्वतन्त्र भएर गर्न निर्देशन

३० कार्तिक २०७४, बिहीबार

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधिहरुलाई स्वतन्त्र र स्वच्छ आँखाले निर्वाचन पर्यवेक्षण गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयोगबाट २०७४ मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि आयोगबाट अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्यवेक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अभिमुखीकरण तालिममा प्रमुख आयुक्त यादवले निर्वाचन असफ बनाउन पर्यवेक्षकको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले पर्यवेक्षण गर्दा कुनै पनि प्रकारणको विवाद नआउने गरी अनुगमन गर्न र प्रतिवेदन पनि स्वतन्त्र भएर निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । अहिलेसम्म आसन्न निर्वाचानको लागी ५२ अन्तराष्ट्रिय संस्थाले अनुमति लिएर कार्यस्थलमा प्रवेशको अनुमति समेत पाएका छन् । अनुमति लिएका मध्ये नुवाकोटमा विदेशी सस्थाको रुपमा युरोपेली युनियनले अनुगमन तथा पर्यवेक्षणको काम सुरु गरिसकेको छ भने अरु सस्था आउने क्रममा रहेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद