» राप्रपाबाट प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई समर्थन

३० कार्तिक २०७४, बिहीबार

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेसलाई सहयोग गर्ने घोषणा गरेको छ । आसन्न निर्वाचनको लागी केन्द्रीय तहमा भएको लोकतान्त्रिक शक्तिहरुबीचको तालमेलमा समावेश भएको राप्रपाले नुवाकोटमा प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने जनाएको छ । राप्रपा नुवाकोटले शुक्रबार पत्रकार सम्मेलन र विज्ञप्ती जारी गर्दै प्रत्यक्ष तर्फ राप्रपा समर्थकहरुले काँग्रेसको उम्मेदवारलाई रुख चिन्हमा मत दिने र समानुपातिक तर्फ भने राप्रपाकै चुनाव चिन्ह गाईमा मतदान गर्ने निर्णय गरेको राप्रपा नुवाकोट अध्यक्ष विष्णुप्रसाद सापाकोटाले जानकारी दिनुभयो । राप्रपाले नुवाकोटमा प्रत्यक्षतर्फ कुनै पनि उम्मेदवार नउठाई काँग्रेसलाई सहयोग गर्ने जनाएको छ भने समानुपातिक तर्फ भने आफ्नो चार जना उम्मेदवारलाई उठाएको छ । राप्रपामा नुवाकोटको तर्फबाट समानुपातिक सूचीमा प्रतनिधिसभा सदस्य उम्मेदवारको लागी रुसमायाँ तामाङ र राम नेपाली, तथा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारमा पार्टी अध्यक्ष विष्णुप्रसाद सापकोटा र राधा नगराकोटीको नाम बन्द सूचीमा समावेश भएको जनाएको छ ।
यसैबीच, राप्रपाले प्रत्यक्षतर्फ लोकतान्त्रिक गबठन्धन अन्तरगत काँग्रेसलाई मत माग्न र समानुपातिक तर्फ आफ्नो पार्टीलाई मत माग्न पार्टी जिल्ला अध्यक्ष सापकोटाको संयोजक रहेको ५५ सदस्य निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति समेत गठन गरेको जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद