» नयाँ शक्तिबार्टीबाट काँग्रेस उम्मेदवारलाई समर्थन

३० कार्तिक २०७४, बिहीबार

नयाँ शक्ति पार्टी नुवाकोटले आसन्न निर्वाचनमा लोकतन्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका काँग्रेसका उम्मेदवारलाई समर्थनको घोषणा गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टी नेपालबाट उम्मेदवारी दिनुभएको नयाँ शक्ति पार्टीका नुवाकोट संयोजक डा. भिमलाल तामाङले उम्मेदवारी स्थगन गर्दै नेपाली काँग्रेसलाई समर्थन जनाउनुभयो । शुक्रबार पत्रकार सम्मेलन एंव विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टिका नुवाकोट जिल्ला संयोजक तामाङले नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच केन्द्रियस्तरमा भएको चुनावी तालमेल अनुसार नुवाकोटमा रहेका नयाँ शक्ति समर्थकले काँग्रेस उम्मेदवारको पक्षमा मत दिने घोषणा गर्नुभयो ।
नयाँ शक्तिको तर्फबाट प्रदेशतर्फको उम्मेदवारी दिनुभएका तामाङले आफ्नो उम्मेदवारी स्थगित गर्दै काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङलाई समर्थन गरेको घोषणा गर्नुभयो ।
नयाँ शक्ति पार्टी नुवाकोटका निवर्तमान संयोजक कृष्ण कुइकेल सहितको समूहले यसअघि नै काँग्रेस उम्मेदवारलाई समर्थनको घोषणा गरेको थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद