धादिङको चुनावी सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरेर चुनाव बिथोल्न नदिनका लागि नेकपाका रसुवा जिल्ला सेक्रेटरीको रुपमा रहेका धादिङको रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, नेकपाका सक्रिय कार्यकर्ताहरु रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ ।
चुनावलाई शान्तिपूर्ण बनाउन गृह मन्त्रालयको आदेशमा पक्राउ गरेको र सार्वजनिक मुद्धा दर्ता गरी उनीहरुलाई प्रहरी हिरासत कक्षमा राखिको छ । उनीहरुलाई अब निर्वाचन सम्पन्न नभएसम्म हिरासतमा नै राख्ने तयारी प्रहरीले गरेको छ ।