» रसुवा प्रहरी बन्दुक खोज्न घरघरमा

३० कार्तिक २०७४, बिहीबार

निर्वाचन अवधिभर गाउँघरमा रहेको हतियार राज्यलाई बुझाउन आग्रह गर्दा बेवास्ता गर्ने स्थानीयवासीलाई खोज्न रसुवा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी हतियार बुझाउन आग्रह गरे पनि बेवास्ता गरेका कारण सूक्ष्म दृष्टिले निगरानी बढाइ हतियार खोजीको अभियान नै चलाएको छ ।
घरमा बन्दुक राखेर अटेर गरिसक्ने जो कोही पनि कारबाहीका भागिदार हुने भएकाले इमान्दारपूर्वक आ–आफ्नो घरमा रहेका बन्दुक लगायतका हतियार भएमा प्रहरीलाई बुझाउन आग्रह गरेको छ । गाउँघरमा हतियार भएको थाहा पाउने जो–कोहीले नेपाल प्रहरीलाई गोप्य रुपमा सूचना दिएर शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद