» छुट भूकम्प पीडितको लगत संकलन जारी

३० कार्तिक २०७४, बिहीबार

पुर्ननिर्माणमा सहयोगको प्रतिबद्धता जनाएको दातृ सस्थाको दवावपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको घर पुर्नसर्भेक्षण तथा पुर्नलगतको लागी खटाएको इन्जिनियरहरु फिर्ता बोलाएपनि नुवाकोटमा भने निरन्तर संकलन अभियान चलिरहेको छ ।
घर पुनसर्भेक्षणको काम पूरा नहुँदै भूकम्पबाट अति प्रभावित १४ जिल्लाका इन्जिनियरको रोजगार सम्झौता पूरा भएको भनेर फिर्ता बोलाएपनि नुवाकोटमा भने काम बाँकी रहेको स्थानमा इञ्जिनियरहरुले निरन्तर रुपमा काम गर्दै आएका छन् । नुवाकोटको लागी छुट प्रभावितको लगत संकलन गर्न १६ जना इञ्जिनियर परिचालन गरेकोमा ८ जनाले लगत संकलन पूरा गरेको र बाँकी रहेको ८ जना ईञ्जिनियरहरुको काम बाँकी रहेकाले सम्बन्धित वडाध्यक्षको नेतृत्वमा रहने गरी लगत संकलनको काम जारी रहेको पुर्ननिर्माण प्राधिकरणको जिल्ला समन्वयन समितिको सचिवालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा करिब ६ हजार प्रभावितहरु छुट भएको आशंकामा ५० दिनको लागी १६ जना इञ्जिनियर परिचालन भएकोमा आठ जना ईञ्जिनियरको समूहले काम पूरा गरी लगतलाई केन्द्रमा बुझाउन लागेको र बाँकी रहेको स्थानको आठ समूहले काम जारी राख्दै आएको सचिवालयका निमित्त प्रमुख बेदप्रसाद गौडेलले जानकारी दिनुभयो । अब बाँकी रहेको काम पनि ईञ्जिनियरलाई यसअघि गरेको रोजगार सम्झौता अनुसारको सेवा भित्र नै हुने गरी उनीहरुलाई बाँकी रहेका छुट पीडतहरुको घरको पुर्नसर्वेक्षण तथा पुर्नजाँचको लागी तथ्याङ्क संकलन गर्न निर्देशन दिएको सचिवालयका निमित्त प्रमुख गौडेलले बताउनुभयो ।
राष्ट्रिय पुर्ननिर्माण प्रांधिकरणले छुट भएका लाभग्राहीहरुको लगत संकलन नभएमा अथवा भएर पनि चित्तबुझ्दो नतिजा नपाएमा मंसिर मसान्तसम्ममा वडा कार्यालयमा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, भूकम्प र त्यसपछिको पहिरोको कारण बासस्थान जोखिम रहेको स्थानमा भूगर्भविद मार्फत सर्वेक्षण गर्नुपर्ने भएमा मंसिर मसान्तभित्रमा जिल्ला दैवी प्रकोप उद्धार समिति तथा जिल्ला प्रशासनमा निवेदन दिन पुर्ननिर्माण प्राधिरकणले सूचना जारी गरी आग्रह गरेको छ ।
पुर्ननिर्माण प्राधिकरणले अहिले लगत सम्पन्न गरिसकेको तथा जारी रहेको छुट भूकम्प पीडितको लगत संकलनको लागी थप निवेदन माग गरेको समेत लगत लिएर ढिलाईमा माघसम्ममा अन्तिम नतिजा सार्वजनिक गरी लाभग्राहीको पहिचान गर्ने लक्ष्य बनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद