Trishulinews.com: News from Trishuli » अव मतपरिणाम गन्दा यसो गरिने

१५ मंसिर २०७४, शुक्रबार

 प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कुन गाउँबाट आफूलाई कति भोट आयो भनेर थाहा नपाउने भएका छन् ।

निर्वाचन आयोगले मतगणना गर्दा कुन ठाउँबाट कसले कति मत पायो भन्ने थाहा नहुने गरी मतपेटिका मिसाउनु पर्ने नियम र निर्देशकिकाको बारे निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

पहिलो चरणको चुनाव मंसिर १० गते भएको छ भने दोस्रो चरणको मतदान २१ गतेका लागि तय भएको छ । तर, मतगणना भने दुबै चरणको मतदान सकिएपछि मात्र हुनेछ । मतगणना गर्दा दुई वा दुई भन्दा बढि केन्द्रको मतपेटिकामा भएको मत मिसाएर गन्नुपर्ने आयोगले प्रष्ट पारेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले एउटा गाउँको मात्र एक ठाउँमा राखेर गन्न नमिल्ने व्यवस्था रहेको बताउनुभयो । कुन ठाउँबाट कति मत आयो भन्ने कुरा थाहा नहुने गरी मिसाएर गन्नुपर्ने उहाँको तर्क रहेको छ । यसअघि पनि यो अभ्यास भइसकेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय चुनावमा जस्तो प्रत्येक वडाको अलगअलग गँदा मतदाताको गोप्यताको रक्षा नहुने भन्दै आयोग सचेत भएको छ ।

कुन गाउँबाट कति भोट आयो भन्ने थाहा हुँदा चुनावपछि त्यसले कतिपय ठाउँमा असर गर्ने निष्कर्ष निकाल्दै निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी मतदान केन्द्रका मतपेटिका मिसाएर गन्ने व्यवस्था गरेको हो । कसरी मिसाउने भन्ने निर्णय गर्ने अधिकार भने सम्बन्धित क्षेत्रका उम्मेदवारको सहमतिमा मुख्य निर्वाचन अधिकृतसँग हुनेछ ।

तर नुवाकोटका ठूला पार्टीहरु भने छुट्टा छुट्टै गन्न लगाउने मुडमा देखिएका छन् । प्रजातानित्रक गठवन्धन र बाम गठवन्धले नै वडाको अलग अलग गण्नाका लागि मुख्य निर्वाचनको कार्यालयमा आग्रह गर्ने बुझिएको छ ।

आफ्नो पार्टीको मतको संख्या देखि स्थानीयत तहका नेताहरुको समेत जनमतको अवस्था पत्ता लगाउनका लागि विशेष गरी नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेले उक्त आग्रह गर्ने बुझिएको छ ।

 

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद