Trishulinews.com: News from Trishuli » ३० औँ विश्व एड्स दिवस मनाईयो

१५ मंसिर २०७४, शुक्रबार

३० औँ विश्व एड्स दिवस नुवाकोटमा पनी बिबिध जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने, तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।

नुवाकोटमा एड्सबाट सङक्रमित हुनेहरुको संख्या करीब २५ सय रहेको अनुमान गरिएको छ । आल सम्म करीब ५ सय भन्दा बढिमा एचआईभि एड्सको सङक्रमण भएको पुष्टि भैसकेको छ । यस सम्बन्धि जिल्लामा क्रियाशिल रहेको गैर सरकारी संस्था त्रिशुली पल्सले बिह्व एड्स दिबसको अबसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटसँगका सहकार्यमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

बट्टार बजारबाट एड्स सम्बन्धि बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेर निकालिएको र्याली ढुङगे गएर टुङिगएको थियो । ढुङगेमा शुक्रबार बिहान एक्स सम्बन्धि जानकारी दिनको लागी स्टल समेत राखिएको थियो । यसका सथै, एड्स तथा यौन रोगबाट बच्नको लागी ढुङगेस्थित गणेस मन्दिर छेउमा कन्डम समेत राखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको सहकार्यमा निशुल्क रुपमा बितरण गर्नको लागी कण्डम राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटमा एचआईभि एड्स फोकल पर्सन राममणि घिमिरेले जानकारी दिनु भयो । यस्तै, कार्यक्रममा त्रिशुली प्लसका कार्यक्रम संयोजक पुजा भण्डारीले नुवाकोटमा एचआईभि सङक्रमण भएकाहरुलार्य त्रिशुली प्लसको सम्पर्कमा आउनको लागी आग्रह गर्नु भएको छ ।

जिल्लामा रहेका बिभिन संघ संस्थाहरुको सहकार्यमा निकालिएको र्यालीमा त्रिशुली मेडिकल कलेज लगयत बिभिन्न संघ संस्थाहरुको सहभागीता रहेका थियो ।

नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार एचआइभी संक्रमितहरुको अनुमानित संख्या ५६ हजार पुगेको छ । विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको उल्लेख छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद