Trishulinews.com: News from Trishuli » बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई सहकारीको सहयोग

३० फाल्गुन २०७४, बुधबार

विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको लोकप्रिय सहकारी सस्था लिमिटेडले बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरेको छ । सहकारीको पाचौ स्थापना दिवसको अवशर बनाएर मुनाफाको केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देष्यले बौद्धिक अपाङ्गता अध्ययन गराउदै आएको माझीटारमा रहेको विद्यालयलाई नगद ११ हजार रुपैयाँ गत शुक्रबार विद्यालयमा आयोजित कार्यक्रम मार्फत सहकारीका अध्यक्ष केशबबहादुर कुमालले व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई प्रदान गर्नुभएको हो । सहकारीको अध्यक्ष कुमालले सहकारी सञ्चालनको उद्देष्य समाजमा आर्थिक विकास र पिछडिएका बर्ग तथा जोखिममा रहेका समुदाय बालबालिकालाई सहयोग पु¥याउनु रहेकाले सहकारीको स्थापना दिवसको अवशरमा नगद रुपैयाँ सहयोग गरेको बताउनुभएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले दश विद्यार्थीको कोटा भएपनि विद्यालयमा २४ विद्यार्थी भर्ना भएकाले आर्थिक व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । लोक प्रीय सहकारीले विद्यालयको समस्यालाई ख्याल राखेर सहयोग गरी प्रशंसनीय कार्या गरेको बताउदै भन्यवाद दिनुभएको छ । विद्यालयमा अहिले नियमित १९ विद्यार्थी पालनपोषण र अध्ययन गर्दै आइरहेका छन् । सरकारी विद्यालयको रुपमा विदुर नगरपालिकामा दर्ता भएपनि एकजना सहयोगी मात्र सरकारीस्तरबाट उपलब्ध भएकाले बाँकी शिक्षक र सहयोगी दाताको भरमा चल्दै आएको छ । अध्यक्ष श्रेष्ठले विद्यालय सञ्चालनको लागी राज्यपक्षबाट प्रयाप्त सहयोग नहुदा कठिनाई हुदै आएको बताउनुभएको छ । कार्यक्रममा विदुर नगरपालिकाको पूर्व मेयर ठाकुरप्रसाद गजुरेल, वडा नं. ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, सहकारीको सल्लाहकार लिलानाथ न्यौपाने लगायतले बोद्धिक अपाङ्गता भएका विद्यार्थीको लागी अध्यापन गराउन निकै चुनौती भएकाले सञ्चालनको लागी राज्यबाट प्रत्यक्ष लगानी र सामाजिक सँस्थाहरुले समेत सकारात्मक सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद