Trishulinews.com: News from Trishuli » बैशाख १७ बाट प्रथम तारकेश्वर महोत्सव हुने

१० बैशाख २०७५, सोमबार

छारम्हेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पुर्वाधार विकास संस्थाको आयोजना म स्थानीय कला संस्कृति, धार्मिक रीतिरिवाज र पुरातात्विक सम्पदाहरुको संरक्षण गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवर्धन मार्फत स्थानीय जनतालाई आर्थिक रुपमा सक्षम वनाउने उद्धेश्यले ‘एक घर एक व्यापार, तारकेश्वर समृद्धिको आधार’ भन्ने नाराका साथ नुवाकोटको तारकेश्वरम प्रथम तारकेश्वर महोत्सव हुने भएको छ । आईतवार नुवाकोटको सदरमुकाम बिदुरमा पत्रकार सम्मेलन गरी बैशाख १७ गते देखि १९ गते सम्म तारकेश्वर गाउँपालिका दाङसिङ फलाँटेमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनु भएको थियो । ३ दिन सम्म चल्ने महोत्सवले तारकेश्वर गाउँपालिका भित्रका दाङसिंङको छाँगा झरना, फिर्केपकोट, जन्तरेको गढीडाँडा, बुधसिं गुफा, काफलपानी भञ्ज्याङ, जस्ता स्थानहरुलाई पर्यटकीय रुपमा बिकास गर्ने लक्ष्य लिएको महोत्सवका संयोजक पुष्प वाईवाले जानकारी दिनुभएको छ । साथै तामाङ होमस्टेको बिकास गर्ने, स्थानीय संस्कार र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय किसानहरुलाई सामुहिक खेती तर्फ आकर्षित गर्ने, काँठे लोक गीत र मारुनी नाचको प्रचारप्रसार गर्ने र स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको वाईवाले बताउनु भएको छ । तारकेश्वर गाउँपालिकाको सह–आयोजक रहेको महोत्सवमा साहसिक खेल जिपलाईन मुख्य आकर्षणको रुपमा रहने छ भने, बालन भजन, चेमा नाच, लामा नाच, कृषि मेला, झाँक्री नाच का साथमा राष्ट्रिय र स्थानीय स्तरका ख्यातीप्राप्त कलाकारहरुको बिशेष प्रस्तुति रहने नुवाकोट पर्यटकीय पुर्वाधार विकास संस्थाका अध्यक्ष सोम तामाङले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । ५० वटा स्टल रहने महोत्सवमा ३० हजार भन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद