Trishulinews.com: News from Trishuli » जिआइजेडको सहयोगमा शिवपुरी सिक्रेले वडा कार्यालय भवन पाए

२ जेष्ठ २०७५, बुधबार

राज्य पुर्नसंरचना अन्तरगत कत्तिपय गाउपालिका र वडाकार्याहरु भौतिक संरचना अभावमा अस्थाई संरचनाबाट सेवा विस्तार गर्न बाध्यता भइरहेका छन् । तर शिवपुरी गाउपालिका वडा नम्बर ४ सिके्रले भने अब सुविधा सम्पन्न पक्कि भवनबाट सेवा विस्तार गर्ने अबसर पाएका छन् । विनासकारी भूकम्प पछि स्वास्थ्य, शिक्षा, खानेपानी लगायत जिविको पार्जन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका एक परोपाकारी सस्था जिआइजेडले सिक्रेमा वडा कार्यालयको भवन समेत निर्माणमा सघाउदा यो सम्भब भएको कत्तिपय बताउछन् । सस्थाले मंगलबार सोही स्थानमा नै औपचारीक कार्याक्रमको आयोजना गरी नवनिर्मित वडा कार्यालयको भवन गरेको हस्तान्तरण हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिकले सयुक्त रुपमा वडाअध्यक्ष झमकराज गुरुङलाई भवन निर्माण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पक्कि भवन निर्माणले जनताले गुणस्तरीय सेवा पाउने विश्वास लिएको जिसस प्रमुख तामाङले बताउनुभयो । साथै वडा कार्यालयको निर्माणले स्थानियबासीन्दाहरु पनि निकै उत्साहित हुनु भएका छन् । जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत पाँच कोठे पक्की भवन निर्माणमा रु ४६ लाख ७९ हजार खर्च भएको जिआइजेडको रिकभरी प्रोगाम नेपालका जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो । विसं २०७४ कार्तिक देखि निर्माण सुरु भएको भवन छ महिनामा सम्पन्न भएको शर्माले बताउनुभयो । नुवाकोटमा रहेका ८८ वडाहरु मध्ये व्यबस्थित तथा सुविधासम्पन्न कार्यालय यो पहिलो भएको अधिकारीहरुले बताउनु भएका छन् । वडा कार्यालयको नयाँ भवन हस्तान्तरण कार्यक्रममा जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिकले नेपालमा भूकम्पले पु¥याएको क्षति पश्चातको पुर्न्निर्माणमा सहयोग अन्तरगत वडा भवन निर्माण गरेको जानकारी दिनुभयो । साथै जर्मन सरकार विपद् र पुर्न्निर्माणमा जसरी यहाँको शिक्षा र स्वास्थ्य सुधार तथा जिविकोपार्जनमा काम गर्न स्थानीय विकास मन्त्रालयसंग छलफल भइरहेको जानकारी दिनुभएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा शिवपुरी गाँउपालिका अध्यक्ष रामकृष्ण थापा, वडा नंं. ३ का वडाध्यक्ष रामहरी थापा, वडा नं. ४ का वडाध्यक्ष झमकराज गुरुङ, शिक्षक रामबहादुर थापा लगायतले भूकम्प पश्चात सहयोग पु¥याउन आएका सँस्थाहरुमा जिआइजेड मार्फत सञ्चालित कार्यक्रम दीर्घकालीन एवम् प्रभावकारी भएको बताउनुभयो । जिआइजेडले हाल दुप्चेश्वर गाँउपालिकामा दुप्चेश्वर गाँउपालिकामा माध्यामिक विद्यालयको लागी आवश्यक कक्षाकोठाको निर्माण, स्वास्थ्य सम्बन्धि एकीकृत तथ्याङ्क संकलन, कृषिमा आधारित जिविकोपार्जन लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने यो भन्दा अगाडि नै १८ वटा स्वास्थ्य भवण निर्माण सम्पन्न गरी हस्ताणतरण गरीसकेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद