Trishulinews.com: News from Trishuli » शैक्षिक विकासम जोड दिन आबस्यक रहेको उपसभामुख तामाङको भनाई

११ जेष्ठ २०७५, शुक्रबार

प्रदेश नंम्बर ३ का उपसभामुख तथा पूर्व राज्यमन्त्री राधिका तामाङले ग्रामिण भेगमा रहेका विद्यालयका छात्र÷छात्राहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्नु भएका छन् । बुवाआमाको नाममा स्थापना गरेको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ मा रहेका विद्यालयहरुका छात्र÷छात्राहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गर्नु भएका छन् । विहिवार अर्थात जेठ १० गते प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा शिवपुरी–३ का माङचेभूमे प्रावि, शिलाका प्रावि र वडा नम्बर १ मा रहेको खोलेखर्क आधारभूत विद्यायलमा अध्यनरत १ सय १० जना भन्दा बढि विद्यार्थीहरुलाई सामाग्री वितरण भएको थियो । नयाँ पोषाक र शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु निकै उत्साहित भएको थियो भने दुर्गम भेगमा रहेको विद्यालयलाई सहयोग गरी विद्यार्थीलाई अध्यनको लागि थप हौसला प्रदान गरेको बताउदै विद्यालयले उपसभामुख तामाङलाई धन्यवाद दिदै आगमि दिनहरुमा पनि सहयोग गर्न आग्रह गरेका थिए । विद्यालय पोषाक तथा शैक्षिक सामाग्री वितरण कार्याक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख राधिका तामाङले समुदायमा विकास निर्माण लागयतको कार्यहरुम आफ्नो क्षेत्रबाट गर्न सकिने पहल गरीने बताउनु भयो । साथै उहाले शिक्षा नै देश विकासको पहिलो आधार भएकाले शिक्षाको विकासमा सबैले जोड दिन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, स्थानिय समाजसेवि, शिक्षकशिक्षिका, विद्यार्थीहरु लगायत स्थानियहरुको सहभागिता रहनुभएको थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद