Trishulinews.com: News from Trishuli » जनपत्रकारिता पुरस्कारबाट नुवाकोटका चार पत्रकारलाई सम्मान

२० जेष्ठ २०७५, आईतवार

नुवाकोट
सहिद तथा पत्रकार कृष्ण सेन इच्छुकको १६ औ स्मृति दिवसको अवसरमा आयोजित परिवर्तनको निम्ति पत्रकारीता र कम्युनिष्ट आन्दोलनको भुमिका विषय अन्तरक्रियामा कार्याक्रममा नुवाकोटका चार जना पत्रकारलाई सम्मान गरेको छ । विदुरमा आयोजित कार्यक्रममा नुवाकोटका पत्रकारहरु शरण उत्शुक सापकोटा, देवचन्द्र भट्ट, विष्णु तारुके र शन्तोष रिजाललाई नुवाकोट प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङले सम्मानपत्र प्रदान गर्नुभएको थियो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुत्त रुपमा आयोजना गरेको कार्यक्रममा नुवाकोटको पत्रकारीतामा पुराएको योगदानको कदर गर्दै जनपत्रकारिता पुरस्कारबाट सम्मान गरेको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद हित बहादुर तामाङले सम्मानीत पत्रकारहरुलाई बधाई दिनुका साथै आगमि दिनमा पनि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेण गरी नागरीकलाई सचेत गराउन महत्वपुर्ण भुकिमा रहने विश्वास व्यक्त गर्नु भएको छ । उहाले कृष्ण सेनको जीवन र प्रस्तुति निकै सरल भएको भन्दै उहाँबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । साथै जनयुद्ध कालमा पत्रकार कृष्ण सेन इच्छुकसँग सहकार्य गर्ने अवसर धेरै मिलेको भन्दै उनले देखाएको सपना पुरा गर्न पार्टी एकता भएको र अव देश संवृद्धितर्फ लम्कने बताउनुभयो । सम्मानित पत्रकार शरण उत्सुक सापकोटाले कृष्ण शेन इच्छुकले देखाएको बाटो र व्यवहार निकै राम्रो भएकोले सबैले पत्रकार सेनले देखाएको बाटो हिँड्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल नुवाकोटका अध्यक्ष भोलाराज पौडेलले कृष्ण सेनले पत्रकारीताको क्षेत्रमा पुराएको योगदानबारे चर्चा गर्नुभएको थियो । त्यस्तै प्रेस सेन्टर नेपाल नुवाकाटका अध्यक्ष रामहरी गजुरेलले कृष्ण सेन इच्छुक पत्रकार र साहित्यकार रहेको भन्दे उनको आर्दश र व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताए ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद