Trishulinews.com: News from Trishuli » खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्दन तालिम सम्पन्न

२३ जेष्ठ २०७५, बुधबार

नुवाकोट

नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्दन क्षेत्रको विद्यालय स्तरीय तथा स्वच्छता कार्यक्रम सम्पन्न गरेको छ । किसोरीहरुलाई लक्ष्यित गरी चण्डेश्वरी माविम सञ्चालित दुई दिने तालिममा ६ देखि १० कक्षा सम्मका ७१ जना किशोरीहरुको सहभागिता रहनु भएको थियो । तालिमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटका उपकोषध्यक्ष उद्याब शर्मा रीजाल र प्राविधिक सुमण राईले सहजीकरण गर्नु भएको थियो । तालिममा आफ्नो घर तथा भान्सा वरिपरिको सरसफाई कसरी गर्ने, फोहार व्यवस्थापन गर्ने तरिका, स्वच्छ खानेपानी तथा रजश्वला भएको बेला ध्यान दिनुपर्ने कुराहरुको बारेमा समेत विशेष छलफल गरिएको थियो । त्यस्तै शौचालय निर्माण तथा टोलसरसफाई गर्नुको आवश्यकताको सम्बन्धमा पनि छलफल गरिएको थियो । प्रशिक्षकहरुले महिनावारी एक प्राकृतिक प्रक्रिया भएकाले त्यस बेला सफा नरम कपडा वा सेनेटरी प्याड प्रयोग गर्न आबस्यक रहेको र महिनावारीले महिलाको लागि प्रत्येक महिनामा सामान्य केही समस्याहरू ल्याउन सक्ने भएकाले आफ्नो महिनावारी हुने समयलाई क्यालेण्डरमा नोट गरेरमा पूर्व तयारीका लागि उपयोगी हुने बताउनु भएको थियो । महिनावारी हुँदा प्रत्येक महिना रगत जाने भएकाले पोषिलो खाना र भिटामिन बढी भएका खानेकुराहरू प्रशस्त मात्रामा खानु पर्ने लगायत जानकारी दिनु भएको थियो । साथै तालिममा किरोरीहरुलाई घरेलु प्याट बनाउने तरिका समेत अभ्यास गराएको थियो । विद्यालयमा नै आफुहरुलाई किशोर अबस्थामा हुने शारिरीक परिवर्तनहरुको बारेमा महत्वपुर्ण कुराहरु सिक्ने अबसार पाएको बताउदै किशोरीहरुले खुसि व्यक्त गर्नु भएका छन् । साथै यस्तो तालिम हरेक किशोरीहरुलाई आबस्यक रहेकाले आगमि दिनमा पनि तालिम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी नुवाकोटलाई माग गर्नु भएका छन् । तालिम समापन समारोहमा चण्डेश्वरी माविका अध्यक्ष विष्णु बोगटी, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका मन्त्रि हरी श्रेष्ठ, चण्डेश्वरी माविका प्रधानध्यापक हरी प्रसाद रीजाल, तुप्चे उपशाखका सभापति राजेन्द्र प्रसाद रीजाल, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका कार्यालय प्रमुख शारद खतिवडा लगाउतले आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रमा सरसफाईका लागी आफ्नो घर मात्रै सफा भएर नपुग्ने भएकाले त्यसका लागी गाउं टोल नै सरसफाई गर्ने अभियान थाल्नुपर्नेमा जोड दिईएको छ । साथै तालिममा सिकेका कुरा अन्य साथीहरु सिकाउन र आफुले पनि व्यवहारमा लागु गर्न किशोरीहरुलाई सुझाब दिनु भएको थियो । साथै नेपाल रेडक्रस सोसाइटी नुवाकोटले १९ औ राष्ट्रिय सरसफाई सप्ताहको अबसर पारेर फोहोर व्यवस्थापनको लागि चण्डेश्वरी माविलाई विभिन्न सामाग्रीहरु समेत हस्ताणतरण गरेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद