Trishulinews.com: News from Trishuli » खाली जग्गामा वृक्षारोपण

११ असार २०७५, सोमबार

म्यागङ गाउपालिकाको वडा नम्बर ६ सामरीको पनेरामा रहेको धनेश्वरी सामुदायीक वन उपभोक्ता समितिको क्षेत्रका खाली जग्गामा वृक्षारोपण गरिएको छ । साविकको कल्याणपुर, देउराली र सामरीसंग सिमा जोडिएको पनेरामा रहेको धनेश्वरी सामुदायिक वन क्षेत्रको खुला स्थानमा तीन हजार तेजपात्ताको विरुवा रोपिएको सामुदायीक वन समितिका अध्यक्ष मनबहादुर तामाङले जानकारी दिनुभएको छ । जिल्ला वन कार्यलय नुवाकोटले निःशुल्क उपलब्ध गराएको तीन हजार तेजपात्ताको विरुवा स्थानीय उपभोक्ताको सहभागीताम बृक्षारोपण गरिएको हो । उपभोक्ताहरुले तीन दिनको प्रयासमा तीन हजार विरुण रोपिएको वन समितिका अध्यक्ष तामाङले जानकारी दिनुभएको छ । धनेश्वरी सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको खाली जग्गामा जिल्ला वन कार्यालयसंगको समन्वयनमा हरेक वर्ष वृक्षारोपण गरी वन क्षेत्रको विस्तार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद