Trishulinews.com: News from Trishuli » पुनर्वास खोज्दै आएका भूकम्प पीडितहरुको घोर उपेक्षा

१२ असार २०७५, मंगलवार

शक्ति माया तामाङ, नुवाकोट
विनासकारी भूकम्पको कारण रसुवाको डाडगाउ र हाकुबाट विस्थापित भएर अन्यत्र ठाउमा बस्दै आउनु भएका भूकम्प पीडितहरु भूकम्प गएको ३ वर्ष विति सक्दा समेत अझै पुनर्वासको पर्खाइमा छन् । विस्थापितहरु अहिले रसुवाको खाल्टे, लहरेपौवा, नौबिसे, शान्तिबजार, कालीकास्थान, लगायतका स्थानमा अस्थायी आवास बनाएर बसिरहेका छन् । कहिले वर्षा, कहिले ठण्डी त कहिले हावाहुरीबाट आजित बनेका विस्थापितहरु यो वर्षको वर्षाद पनि टहरामै विताउनुपर्ने हो कि भनेर चिन्तित बनेका छन् ।
रसुवाको हाकु साविकको वडा नम्बर ८, ९ र डाँडगाउ ७ को गरी ३ सय ४७ घर परिवार अझै अस्थाइ टहरामा कष्टपुर्ण जिवन जिउन बाध्य रहेकका छन् । विनासकारी भूकम्पले घरबार भत्काएपछि आफ्नो थातथलो छोडेर अन्यत्र ठाउँमा बस्दै आएका पीडितहरु घाम पानी र कठ्यांग्रिँदो जाँडो त छदैछ मजदुर नगरे आफू र बालबच्चा भोकै बस्नुपर्ने बाध्यता रहेको उनिहरुले बताएका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको रसुवा जिल्लामा भूकम्प गए लगत्तै पुगेको प्राविधिक टोलीले त्यहाँको हाकु, डाँडागाँउ लगायतका स्थानहरु बस्न अयोग्य रहेको बताएको थियो । हाकु र डाँडागाउँबाट विस्थापित भएका पीडितहरूको बताए अनुसार खाल्टेमा २ सय ३८ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन । त्यस्तै नुवाकोटको पीपलटारमा करिब ८६ र अन्य ठाउमा गरी जम्मा ३ सय ४७ परिवार अस्थाई संरचनामा बसोबास गर्दै आएका छन् । सरकारले वितरण गरेको गरेको दुइ लाख लिएर अन्यत्र ठाउमा छारीएर बस्दा आफ्नो परम्परा सस्कार सस्कृतिहरु लोप हुने बताउनुहुदै बर्षैा देखि समुदायमा मिलेर बस्दै आएका आफुहरुलाई एकिकृति बस्ती विकास गर्न माग गर्नु भएका छन् । रसुवाको खाल्ेटमा बस्दै आउनु भएका पीडितहरु आफुहरुलाई अहिले बस्दै आएको ठाउ खाल्टेमा नै राज्यले एकिकृत बस्ती वीकास गरीदीन माग गर्नु भएका छन् । एकितृत बस्ती विकासको व्यवस्थापन गर्नी हो भने आफुहरुको भाष, सस्कृति, धर्मको संरक्षण हुने र बर्षौ देखि मिलेर बस्दै आएको समुदाय पनि एकै टाउमा नै बस्न पाउने बताउनुहुन्छ ।
सरकारले एकिकृत बस्ती विकासको निति नल्याउदा आफुहरुको भाषा, धर्म, परम्पराहरु लोम हुने चिन्ता व्यक्त गर्नु भएका छन् । एकिकृत बस्ती विकास र पुनर्वास जस्ता काममा सरकारको ढीलासुस्तीका कारण आफूहरुको दैनिकी झन कष्टकर बन्दै गएको भूकम्पका कारण विस्थापित भएर अस्थाइ टहरामा बस्दै आउनु भएका भूकम्पपीडितहरुले बताएका छन् । अस्थाई टहरमा जाडोम सहनै नसक्नेगरी जाडो हुने निदाउनै नसक्ने, गर्मि महिनाम जस्ता तातेर बस्न नसकिने र वर्षादमा लगातार परेको पानीले बस्ने ठाउमा पानी आउने खान बनाउन सुत्न लगायतको कयौ समस्याहरु खेप्न परेको रसुवाको खाल्टेमा अस्थाई टहरामा बस्दै आउनु भएका बुटिक तामाङले बताउनुभयो । “बुटीक तामाङ भन्नुहुन्छ गर्मिमा जस्ता तातेर सुत्न सक्दैन जाडोमा सित चुहेर जमिन चिसो भएर निदाउन सक्दै भने वर्षादम त झन ठुलो पानी परेको बेला बस्ने ठाउमा भल पानी छिरेर रातभर जागम बस्नुपर्ने बाध्यता छ । ”
अस्थाइ टहराम विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई जोगाउन गरो भइरहेको विस्थापितहरु बताउछन् । बालबालिकालाई निमोनिय, रुगाखोखि र बृद्धबृद्धालाई दम बढने र हात खुट्टाको जोर्निहरु दुख्ने लगायतको समस्याले सताउने गरेको विस्थापितहरुले बताउनु भएका छन् । अस्थाइ टहरामा नै तीनवटा वर्षा र तीन वटा हिउद खेपिसकेका पीडितहरु चौथो वर्षा पनि यतिकै जानेमा चिन्तीत बनेका छन् । लामो समय देखि अस्थाई टहरामा बस्दा निकै समस्या भएको बताउदै सुरक्षित आवस बनाउन चाहेर पनि काँह बनाउनी भन्ने ठेगान नभएकाले विभिन्न समस्याको बाबजुद पनि अस्थाई संरचनामा नै बस्न बाध्य भएको विस्थापितहरु बताउछन् । छेकु तामाङले भन्नुभयो“ गाउमा हुदा आनन्द थियो । याँह त काह बस्नी के खानी भइरहेको छ । आफ्नो अस्थाई बस्ने बास छैन । रीनधन गरेर बलियो घर बनाएर बसुम भने पनि काँह बनाउने एकदाम दुख दाई निवन जिउन बाध्य भइरछ । दुखिहरुको पिडा कसैले सुन्दैन रहेछ । ”
भूकम्प लगतै पुगेको विभिन्न संघ संस्थाले राहत वितरण गर्दा केहि समय खान समस्या नभएपनि पछिल्लो समय त्यस्तो अवस्था नरहेकाले अहिले एकल महिला र वृद्धवृद्धा अर्थात ज्याल मजदुर गर्न नसक्नेहरुलाई जिविको पार्जनमा समेत समस्या भएको विस्थापितहरुले बताउनु भएका छन् । कान्छी माया तामाङ अहिले परिवार पाल्न निकै गरो भएको बताउदै अहिले पुर्खाले नगरेको गिट्टी, बालुवा बोक्ने काम गर्न बाध्य भएको बताउनुहुदै गुनासो गनुहुन्छ । “उहा भन्नुहुन्छ मजदुर गर्न नगए विहान बेल्का बालबच्चालाई भोकै राख्नुपर्छ । गाउमा त समुदायमा एकआपसमा मिलेर खेति गरेर खान्थे याँह मजदुर गर्न बाध्य भएको छ । विस्थाविद भएर यसरी सत्रुलाई पनि बस्न नपरोस ” ।
बुटिक तामाङ, छेकु तामाङ र कान्छी माया तामाङ त प्रतिनिधि पात्रमात्र हुन यस्ता कष्टपुर्ण जिवन कयौ विस्थापितहरुले भोग्दै आइरहेका छन् । स्थानिय तहको निर्वाचन पछि विस्थापितहरुको समस्या पनि समाधान हुनेमा विस्थापितहरुको भरोषा थियो । तर निर्वाचन सम्पन्न भएको कयौ महिना भइसक्दा समेत आफुहरुको समस्था जस्ताको तस्तै रहेको पीडितहरुको गुनासो छन् । तर यता जनप्रतिनिधिहरु भने आफुहरुले गर्न सकिने सहयोग गर्दै आएको बताउदै आएका छन् । उत्तरगया गाउपालिकाक अध्यक्ष उपेन्द्र लम्सालले पहिले भन्दा विस्थापीतको समस्या विस्तारै सुल्झदै गएको बताउनुभयो । उत्तारगाया गाउपालीका वडा नम्बर ५ बोगेटारमा १ सय ७७ बस्ती र नुवाकोट खुलेबेसीमा ३३ परिवार गरी २ सय १० परीवारलाई व्यवस्थापन गरीसकेको गाउपालिकाले जानाएको छ । गाउपालिकाको भनाई अनुसार जग्गा भाडाम बस्दै आएका विस्थापितहरुलाई सुरक्षित ठाउमा स्थान्तरण नभए सम्मको लागि रसुवाको खाल्टेमा रहेको सार्वजानिक जग्गामा निशुल्क बस्ने व्यस्था गरेको पाइएको छ । साथै अन्य विस्थापीतहरुको सबालमा जग्गा खोज्दै गरेको अध्यक्ष लम्सालले बताउनुभयो ।
भूकम्प गएको ३७ महिना भइसक्दा समेत सरकारले एकिकृत बस्ती विकास योजनालाई मूर्त रुप दिनसकेको छैन । सरकारको यस्तो ढिलासुस्तीमाझ यो वर्षको बर्षाद पनि टहरा टहरामैै विताउनुपर्ने होकि भन्दै विस्थापितहरु चिन्तित बनेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद