Trishulinews.com: News from Trishuli » विदुरमा नेतृत्व विकास सम्बन्धि पाँच दिने तालीम सुरु

१३ असार २०७५, बुधबार

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विदुरको आयोजनाम महिला अधिकार नेतृत्व विकास, व्यावसायीक तरकारी खेति सम्बन्धि ५ दिने तालिम तथा क्षमता अभिबृद्दि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । नुवाकोटको विदुरमा आयोजित ५ दिने तालिम मंगलबारबाट औपाचारीक रुपमा सुरु भएको हो । नगरपालिका स्तरीय तालिममा राजनितिक, सामाजीक, सास्कृतिक, व्यवसायीक तरकारी खेति, लक्ष्यित वर्गको बजेट लगायत विभिन्न क्षेत्रमा जनजातिलाई सशक्त बनाउने उदेश्यले तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ । प्रत्येक वडाबाट २ जनाको दरले तालिममा २६ जनाले सहभागिता जनाएका छन् । तालिम उदघाटण समारोहका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय अध्यक्ष जगत बरामले तालिम समय सान्दर्भिक रहेको प्रशंसा गर्दै खुसि व्यक्त गर्नु भयो । उहाले तालिममा सिकेका सैदान्तिक ज्ञानलाई व्यवहारमा लागु गरी समुदायमा नेत्रीत्वदायी भुमिका खेल्न सहभागिहरुलाई सुझाब दिनुभयो । त्यस्तै नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष भगवान राण मगरले नयाँ संरचना अनुसार सबै बजेट नगरपालिक र गाउपालिकाम जाने हुदा बजेट अभावले नियमीत गर्दै आएको कार्यक्रमहरु समेत सञ्चालन गर्न समस्य भएको बताउनुभयो ।नगर समन्वय परिषदका अध्यक्ष्य बच्छु माया सुनारी मगरले स्थानिय निकायले लक्ष्यित वर्गको बजेट लक्ष्यित वर्गलाई विनियोजन गर्न कन्जुसाई गर्दा आफुहरुलाई कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताउनु हुदै नगरपालिका र गाउपालिका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरुलाई लक्ष्यित बर्गको बजेट सम्बन्धमा अन्तरक्रिय कार्यक्रम आयोजना गर्न नेपाल आदिवासी जनजाति महासंघ को ध्यानकर्षण गर्नु गराउनुभएको छ । कार्यक्रममा रसुवाको अध्यक्ष लाम्प तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार माहसंघ नुवाकोटका अध्यक्ष शक्ति माया तामाङ, सचिब गमला लामा, नगर समन्वय परिषदका उपाध्यक्ष भुबनलाल राजभण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद