Trishulinews.com: News from Trishuli » सिमा अतिक्रमणको विरोधमा बिद्यार्थीको प्रदर्शन

३१ बैशाख २०७७, बुधबार

३१, वैशाख २०७७

विदुर

भारतले नेपालको कालापानी ,लिम्पिधुरा, लिपुलेकमा सडक विस्तार गरेको विरुद्वमा हिजो साँझ सदरमुकाम विदुरमा विभिन्न राजनितिक दलमा आवद्व विध्यार्थिहरुले विरोध प्रदर्शन गरेका छन् ।संयुक्त विध्यार्थी संघर्ष समिति सिमा वचाउ अभियान ,नाम दिएर जिल्लामा क्रियाशिल विभिन्न पार्टिका भातृ संस्थाहरु संयुक्त रुपमा आन्दोलित भएका हुन् । लकडाउनको अवसरमा सामाजिक दुरि कायम गरि हातमा प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डा वोकि लामवद्व भएर गो  व्याक ईण्डिया,लिपुलेक हाम्रो हो ,कालापानी हाम्रो हो ,राष्ट्रवादी शक्तिहरु एक हौं भन्ने नारा लगाउदै विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वोल्दै उक्त कार्यक्रमका संयोजक एवं नेवि संघ नुवाकोटका सचिव शंकर पाण्डेले सरकारले कालापानी ,लिपुलेक र लिम्पियाधुरामा भारतिय पक्षले १८ किमि सडक विस्तार गर्दा पनि नेपाल सरकार निदायर वसेको आरोप लगाएका थिय ,त्यस्तै अनेरास्ववियू नुवाकोटका सह संयोजक विनोद कोईरालाले सिमा अतिक्रमणमा सवै राष्ट्रवादी,देशभक्त र वामपन्थि शक्तिहरु एक भएर भारतिय विस्तारवादको विरोधमा आवश्यक परे कालापानि ,लिपुलेक गएर प्रतिरोध गर्ने र त्यसका लागी तयार रहेको कुरा व्यक्त गरेका थिय, त्यस्तै समाजवादी विध्यार्थी युनियनका केन्द्रिय सदस्य दशरथ कोईरालाले सरकारले सिमा मिचेको थाहा पाए पनि थाहा नपाएको जस्तो गरि आफ्नो पार्टि फुटाउने अध्यादेश ल्यायर सिमा अतिक्रमण विवाद छाँयामा पार्न खोजेको वताएका थिय ।

उक्त कार्यक्रमको सन्चालन स्ववियु त्रिभुवन त्रिशुली वहुमुखी कलेजका सभापति पारस अधिकारीले गरेका थिय , विरोध कार्यक्रमका करीव १०० जना युवा विध्यार्थीहरुको सहभागीता थियो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद