» सम्सद विघटन संविधानवाद माथिको नाङ्गो आक्रमण : नेता केसी

१४ पुष २०७७, मंगलवार

नुवाकोट,नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी सिंगो मुलुक फेरि संविधानको चीर–हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश भएको बताएका छन् । नेपाल प्रेस युनियन नुवाकोट्ले गरेको पत्रकार भेटघाटमा नेता केसीले बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट सरकार संवैधानिक सर्वोच्चता कायम राख्दै लोकतन्त्र, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि दिनबाट कर्तब्यच्यूत भएको बताए । नेता केसिले संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी प्रधानमन्त्रीले संसद विघटन २०१७ को कठोर कदमलाई सम्झाई दिएको केसीको भनाइ छ । उनले भने, ‘फरक यति हो, २०१७ पुसमा जुन काम राजदरबारबाट भएको थियो, त्यही काम २०७७ साल पुषमा आएर सिंहदरबारबाट गरिएको छ ।’

१९०३ भाद्र ३१ गते जंगबहादुरले महारानी राज्यलक्ष्मीको संरक्षकत्वमा सञ्चालित रक्तपातपूर्ण कोतपर्वको नयाँ संस्करण, राष्ट्रपतिको संरक्षकत्वमा संवैधानिक कु भएको घटनासँग पनि तुलना हुनसक्ने केसीले पत्रकारहरुलाइ बताए । गत निर्वाचनमा दुईतिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्नतापूर्वक धोका र कुठाराघात गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत भएको उनले बताए ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद