» दुप्चेश्वर जात्रा सम्पन्न, भक्तजनको उल्लेख्य सहभागिता

१६ पुष २०७७, बिहीबार

रामती । दोश्रो पशुपतीनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ६ राउतवेशीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा एकादशीबाट सुरु भएको मेला उत्साहको साथ सम्पन्न भएको छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको मुख्य दिन बिहीबार धान्य पूर्णिमाको अवशरमा बिहानैदेखि सुरु भएको दर्शन गर्ने भक्तजनहरुको घुइचो साँझसम्म पनि कायमै रहेको थियो । दुप्चेश्वर भगवान मन्दिरको पूजारी भगवानहरी धितालका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष स्थानीय सरकारले मेला सञ्चालन र व्यवस्थापनमा सक्रियताको साथ पु-याएको योगदानले पूर्णिमाको पूजा, व्रत र जप तथा तपस्या गर्न बिहीबार एकैदिन दश हजार भन्दा बढीले भगवानको दर्शन गरेका छन् ।

मध्यान्हमा भगवान शिव महादेवको रुपमा रहनुभएका सानो पशुपतिनाथ मन्दिर दुप्चेश्वर महादेवको मन्दिरमा पूजा गरेर जल चढाउनाले भक्तीभाव तथा मनोकामना पूरा धार्मिक विश्वास समेत रहेको छ ।

दुईसय वर्ष भन्दाअघि राउतवेशीका स्थानीयबासी बासु तामाङको गाई नदी किनार छेउको भीरमा पुगेर बच्चा जन्माई भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनहरुले दुप्चेश्वर महादेवथान स्थापनाको रुपमा धान्य पूर्णिमा लगायतको तिथीहरुमा पुज्ने गरिएको छ ।

गाईले दुध चढाई बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थान समेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रम्स हुदै अहिले विश्वभरका हिन्दु र बौद्ध धर्मालम्विहरुको लागी दुप्चेश्वर महादेबको नामबाट प्रख्यात रहेको छ ।

‘जे माग्यो त्यही नै सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवबाट मुख्यतः सन्तान र त्यसमा पनि पुत्रलाभ गराउने, बोली नफुटेका बालबालिकालाई बोल्न सक्ने बनाउने, नभ्याएका गाईभैसीको दाम्लो चढाएमा भ्याउने हुने लगायतका बर माग्ने र त्यो पूरा भएको भन्दै भक्तजनहरु पुनः पूजा दोहो¥याउन समेत दुप्चेश्वर भगवानको स्थानमा दर्शन गर्न पुग्ने गरेका छन् । दर्शन गर्न पुग्नेहरुले बोलि नफुटेको बालबच्चाको बोल्न सक्ने भएको देखि आफूले मागे अनुसारको असल श्रीमति पाएर भगवानको स्थानमा दर्शन गर्न आएको बताएका छन् ।
समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेबनबाट छट्पटिनुभएका महादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बाँस बसेर रसुवाको गोसाईकुण्ड गएको किम्वदन्ती समेत रहदै आएको छ ।
दुप्चेश्वर मेलामा धुपी, डोको, थुञ्चेको कारोबार फस्टाउने भएपनि सरकारले निगालो कटानमा लगाएको प्रतिबन्ध र निकुञ्ज प्रवेशमा लगाउदै आएको कडाइको कारण हस्तकलाबाट उत्पादित सामाग्रि बेच्न बस्नेको सङ्ख्या घट्ने क्रममा यो वर्ष थप गिरावट आएको छ । दुप्चेश्वरको चिनोको रुपमा बास र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नु र धुपी ल्याउने चलन भएपनि यो वर्ष बेच्नेको सङ्ख्या निकै कम देखिएको थियो ।

हिन्दु र बौद्ध धर्मालम्वीको आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौ लगायतका जिल्लाबाट यसवर्ष पछिल्लो एक साताको अवधिमा करीब एक लाख भक्तजनले दुप्चेश्वर भगवानको दर्शन गरेको “दुप्चेश्वर क्षेत्र विकास कोष”का संरक्षक एंव गाँउपालिका प्रमुख योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।


अधिकार सम्पन्न रहेको स्थानीय सरकारबाट मेला सञ्चालनको नेतृत्व लिएपछि थालिइएको व्यवस्थित बनाउन प्रयास भएपनि सुधारका पक्षमा देखिएको कमजोरीलाई आगामी वर्ष सुधार गरी धान्य पूर्णिमाको अवशर र फागुपूर्णिमाको समयमा लाग्ने जात्रालाई थप व्यवस्थित बनाउन लगिने कोषका संरक्षक योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद